News Category 2070/09/01
पुस १३ गते उपराष्ट्रपति राजविराज आउने
दैनिक संवाददाता
राजविराज, ३० मंसिर ।
साह सेवा सदन सप्तरीको पुष १३ गते उपराष्ट्रपति परमानन्द झाबाट उद्घाटन हुने भएको छ । प्रचार प्रसार विभागका संयोजक आमेप्रकाश साहद्वारा आइतबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
सोही विज्ञप्तिमा साह सेवा सदनका उपाध्यक्ष गणेश प्रसाद साहको अध्यक्षतामा आइतबार बसेको वैठकले अगामी पुष १३ गते धर्मशाला तथा प्रथम अधिवेशन उद्घाटन मुल तयारी समिति तथा उपसमितिहरु गठन गरिएको जनाइएको छ ।
त्यसैगरि राम चन्द्र साहको संयोजकत्वमा ६१ सदस्यीय अधिवेशन तथा धर्मशाला उद्घाटन समिति गठन गरेको छ । त्यस्तै सदनका सचिव दुर्गा प्रसाद साहको संयोजकत्वमा ७ सदस्य आर्थिक संकलन समिति गठन गरिएको छ भने प्रचार प्रसारका लागि पे्रस युनियन तथा रेडियो छिन्नमस्ताका अध्यक्ष ओम प्रकाश शाहको संयोजकत्वमा दुई सल्लाकार सहित ९ सदस्य समिति गठन गरिएको जनाइएको छ ।
त्यसैगरि धर्मशाला तथा अधिवेशन उद्घाटनलाई प्रभावकारी वनाउन मिथलेश्वर प्रसाद साहको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको तथा मंच व्यवस्थापनका लागि शिवप्रताप साहको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ