News Category 2074/11/29
दुई दिनमा दुई सामूहिक बलात्कारका घटना सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीमा दुई दिनमा दुई सामूहिक बलात्कारका घट्नाहरु सार्वजनिक भएका छन् ।
पछिल्लो पटक जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचन्दाहाकी १८ वर्षिया एक दलित युवतीलाई आइतबार राती पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । यता बलात्कार गर्ने मध्येबाट दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ भने तीन जना फरार छन् । पक्राउ पर्नेमा अन्दाजी २० वर्षका अजय चौधरी र एटलान्टी चौधरी रहेका छन् ।
आफ्नो घरमा रहेको बिरामीका लागि नजिकैको औषधि पसलमा औषधि खरीद गर्न गएको बेला ती युवाहरुले नियन्त्रणमा लिई करणी गरेको प्रहरीलाई उद्धृत गर्दै युवतीको भनाई छ ।
सोही गाउँमै एउटा विवाह भइरहेको बेला विवाहस्थल भन्दा सय मिटरको दूरीमा ती युवाहरुले उनलाई नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको प्रहरीलाई उद्धृत गर्दै युवतीको भनाई छ ।
यता जिल्ला प्रहरी प्रमुख एसपी मुकेश सिंहले फरार रहेका अन्यको खोजी जारि रहेको बताउँदै पीडित युवतीको मेडिकल समेत गराइने जानकारी दिए ।
यसअघि जिल्लाको बिष्णुपुर गाउँपालिका ७ की एक महिलालाई शनिबार साँझ दुई जनाले सामूहिक बलात्कार गरेका छन् ।
राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा ३३ बर्षीया ती महिलालाई दुई जनाले नियन्त्रणमा लिई कोशी पश्चिमी नहरको झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यता सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश सिंहले दुबै घट्ना छानबिन भइरहेको बताउँदै बलात्कारीलाई पक्राउ गर्न चारैतिर प्रहरी परिचालन गरिसकेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ