News Category 2074/12/02
स्थानिय तहलाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
डिभिजन सहकारी कार्यालय लहानले राजविराजमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सप्तरी जिल्लाका १८ वटै स्थानिय तहलाई सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ ।
सरकारले चैत २८ गतेपछि सहकारी संस्थाहरुको दर्ता, अभिलेख, निगरानी लगायतका कार्यहरु स्थानिय तहबाटै संचालन हुने प्रावधान गरेकोले सो डिभिजन कार्यालयले अभिलेखहरु हस्तान्तरण गरेको डिभिजन सहकारी कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
डिभिजन सहकारीका केन्द्रिय प्रतिनिधि एवं उपसचिव आनन्द सारुको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्त, राष्ट्रिय सहकारी बैंक राजविराजका संयोजक विश्वनाथ मण्डल लगायतका वक्ताहरुले सहकारीको विकास र बिस्तारको जिम्मा स्थानिय तहबाटै हुने भएकोले यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्नुपर्नेमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
अभिलेख हस्तान्तरणपछि आयोजित कार्यक्रममा स्थानिय तहका पदाधिकारी तथा अधिकृतहरुलाई सो सम्बन्धमा अभिमूखीकरण समेत दिइएको छ । उक्त अभिमूखीकरण शुक्रबारसम्म चल्ने छ । कार्यक्रममा जिल्लाका १८ वटै स्थानियह तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ