News Category 2070/09/02
सभासद् मण्डलद्वारा क्षेत्रको समग्र विकासको सन्दर्भमा सर्बपक्षिय अन्तरक्रिया
दैनिक संवाददाता
राजविराज, १ पुस ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल(अमर)ले सोमवार सँगै चुवान लडेका बिभिन्न दलका प्रतिष्पर्धी, स्थानिय अगुवा तथा सञ्चारकर्मी लगायतसँग सो क्षेत्रको समग्र बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।
हनुमाननगरस्थित माविको प्राङगणमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि बिभिन्न दलका प्रतिष्पर्धी, स्थानियबासी तथा सञ्चारकर्मीहरुले संबिधान निर्माण र क्षेत्रको विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् । कार्यक्रममा सभसाद् मण्डलले आफुले संबिधानसभाको बैठकमा जनताको आवाजलाई जोडदार रुपमा उठाउने र संबिधानसभाको बैठक सकिएपछि नियमित रुपमा जनताको बिचमा आएर बिकास निर्माणको कामलाई गति दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले जनताले बिश्वास गरेर आफुलाई जिताएकोले आफु जनतासँग कहिले विश्वासघात नगर्ने उद्घोष गर्नुहुँदै आफुबाट कुनै किसिमको गल्ती भएर तत्काल सचेत गराउन सबैसँग आग्रह गर्नुभयो ।
सो अवसरमा सभासद् मण्डलसँगै चुनाव लड्नु भएका राप्रापाका सकिल अली, शान्ति लिगं नेपाल पार्टीका ओमनारायण मंडल, संघीय सद्भावना पार्टीका जगत पैकरा, तराई मधेश सद्भावना पार्टीका कबितादेवी प्रमाणी, स्वतन्त्र प्रतिष्पर्धी हेमन्त जैनले क्षेत्रको विकास सँगै जनताका मुलभुत समस्या समाधानमा सभासद् मण्डलसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको प्रतिबद्ध ब्यक्त गर्नुभयो ।
सो अवसरमा अधिबक्ता भुपेन्द्र नारायण मण्डल, बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराई, प्रेस काउन्सिल नेपालका सदस्य मुरली प्रसाद यादव, स्थानिय युवा नेता राजनारायण साह, पुर्व इन्जिनियर मो. गणि लगायतले जनताको पक्षमा संबिधान निर्माण र बिकास निर्माणको काममा ध्यान दिन सभासद् मण्डललाई सुझाब दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ