News Category 2074/12/05
बलान बिहुल गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद चर्किएको छ ।
सो गाउँपालिकाका उपाध्यक्ष रुबी कुमारी गुप्ता तथा वडा नं. ३, ४, ५ र ६ का अध्यक्षहरुद्वारा आइतबार जारि विज्ञप्तिमा चैत १ गते गाउँपालिकाको केन्द्र निर्धारण गर्ने विषयमा ठोस निर्णयका लागि मतदान गर्न बोलाइएको तर, बिहान ९ बजे गाउँपालिका कार्यालय पुग्दा मूल गेटमा तालाबन्दी गरिएको जनाइएको छ ।
सोही विज्ञप्तिमा तालाबन्दी सम्बन्धमा खोजबिन गर्दा गाउँका केही व्यक्तिहरुको समूहले वडा नंं ६ का अध्यक्ष सूर्य कुमार दाससहित केही पदाधिकारीहरुमाथी आक्रमण भएको जनाइएको छ ।
त्यस्तै प्रहरीको उपस्थितिका कारण घटनालाई थप अराजक नभएको जनाउँदै विज्ञप्तिमा घटना हुँदा समेत गाउँपालिका अध्यक्ष दयानन्द गोइतले घटना सम्बन्धमा कुनै छानबिन समेत नगरेको र अध्यक्षको आप्mनै उपस्थितिमा भएको बोर्ड निर्णयलाई कार्यान्वयन गर्न कुनै मनसाय नदेखाएकोले घटनामा अध्यक्षको समेत संलग्नता रहेको आरोप लगाइएको छ ।
यता उपाध्यक्ष रुबी कुमारी गुप्ताको अध्यक्षतामा वडा नं. ३ देखी ६ सम्मका अध्यक्ष तथा सदस्यहरुको सम्पन्न दुई तिहाई बहुमतले वडा नं. ६ मा पर्ने धामी पोखरीको वरिपरी रहेको कित्ता नम्बर १३४ को ०–२–१ र १७९ को ०–३–१६ मा केन्द्र सार्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमार्फत वडा अध्यक्ष दास लगायत जनप्रतिनिधिमाथी गाली गलौज तथा आक्रमणको प्रयास गर्ने तथा उपाध्यक्ष गुप्तालाई धम्की दिनेमाथी कारवाहीको माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ