News Category 2074/12/07
राजपत्रमा उल्लेख भएको निर्णय सर्वोच्चले रोक्यो, बेल्ही चपेनाको नाम र केन्द्र यथास्थितिमा राख्न सर्वोच्चको आदेश
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको विभिन्न गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बारे अहिले जिल्लास्थित स्थानिय तहहरुमा ब्यापक असन्तुष्टि देखिएको छ ।
सोही विषयलाई लिएर जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा तालाबन्दीदेखी रिले अनसनसम्म गरिएको थियो भने अहिले आएर जिल्लाको कान्छो गाउँपालिकाको नामले परिचित बलान बिहुँल गाउँपालिकामा केन्द्र सार्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच राजनीतिक द्वन्द्व उत्पन्न भएको छ । हाल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ भने तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र समेत यथास्थितिमा राख्न अदालतले आदेश दिएको थियो ।
यसैबीच बेल्ही चपेना गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बारे गाउँसभाले गरेको निर्णय र सो निर्णयको आधारमा मन्त्रिपरिषद्को बैठकले राजपत्रमा उल्लेख भएको निर्णय समेत सर्वोच्च अदालतले उल्टाइ दिएको छ ।
सप्तरीको बेल्ही चपेना गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बारे सर्वोच्च अदालतले हाललाई कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भन्दै अन्तरिम आदेश दिएको छ ।
चैत ५ गतेको सर्वोच्च अदालतका न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासबाट सो अन्तरिम आदेश जारि गरिएको हो ।
बेल्ही चपेना गाउँपालिका वडा नं. ५ का स्थानिय राम नारायण शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षि बनाउँदै दर्ता गरेको निवेदन उपर वरिष्ठ अधिवक्ता सनद देवकोटाले गरेको बहसबाट न्यायाधिश भण्डारीले उक्त अन्तरिम आदेश गरेका हुन ।
आदेशमा भनिएको छ, “अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा दुबै पक्षलाई राखी छलफल गराउन उपयुक्त हुने देखिदा अन्तरिम आदेशको छलफलको लागि मिति २०७४÷१२÷१३ गतेको पेशी तोकी सो अवधीसम्मका लागि गाउँ सभाको मिति २०७४÷१०÷१४ को निर्णयका आधारमा नेपाल सरकारले निर्णय गरी राजपत्रमा उल्लेख गरे बमोजिम राजगढ गाउँपालिका नामाकरण र केन्द्र नर्घो तोकिए बमोजिमको कार्य हाललाई कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”
यसअघि बेल्ही चपेना गाउँपालिकाको २०७४ माघ १४ गते सम्पन्न गाउँ सभाबाट गाउँपालिकाको नाम राजगढ गाउँपालिका र केन्द्र नर्घो राख्ने निर्णय भएको थियो । र सोही निर्णयलाई आधार मान्दै मन्त्रीपरिषद्को बैठकले राजपत्रमा उल्लेख गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ