News Category 2074/12/07
बलात्कार घट्नाप्रति प्रशासनलाई गम्भीर ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
अन्तर पार्टी महिला संजाल र सप्तरी युथले मंगलबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा लगातार महिला बलात्कृत भइरहेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
अन्तर पार्टी महिला संजालका तर्फबाट अध्यक्ष रिता झा, सदस्यहरु सुनित कुमारी साह, पुनम यादव, माधवी शाह, अनिता देवकोटा, अनिता साह तथा सप्तरी युथका तर्फबाट विष्णु यादव लगायतले मंगलबार महिला बलात्कृत भइरहेको बारे गम्भिर ध्यानाकर्ष गराउँदै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई ज्ञापन पत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापनमा फागुन महिनामा मात्रै आठ वटा बलात्कारको घट्ना भएकोमा १३ बर्षीया बालिकादेखि ३० बर्षसम्मका महिलाहरु लगातार बलात्कारको घट्नामा प्रताडित भएको उल्लेख छ । सोही ज्ञापनमा लगातारको बलात्कार घट्नाले जिल्लाको स्थिति भयावह देखिएको उल्लेख गरिएको छ ।
नेपालको संविधानमा महिला विरूद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने जनाइएपनि लगातार भइरहेको बलात्कारको घट्नाले संविधानको समेत खिल्ली उडिरहेको ज्ञापन पत्रमा दाबी गरिएको छ ।
ज्ञापनमा सरकारी संयन्त्र कमजोर रहेको जनाउँदै मुलुक संघियतामा पाइला टेकिसकेको अवस्थामा यस्तो प्रकारको घट्ना नहुनुपर्ने हो भन्दै भइहालेपनि दोषीलाई कड कार्वाही हुनुपर्ने माग गरिएको छ ।
ज्ञापनमा प्रहरीको नियन्त्रणमा रहेका दुष्कर्म गर्नेहरुलाई कुनै पनि हालतमा रिहा गरिए चुप लागेर नबस्ने उल्लेख गर्दै यसो गरिए कड आन्दोलनमा उत्रने र यसबाट हुने सम्पूर्ण परिणामको जिम्मेबार स्थानीय प्रशासन नै हुने चेतवानी दिइएको छ । साथै बलात्कारका घट्नामा संलग्न भई फरार भएकाहरुलाई पनि यथासिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ