News Category 2074/12/07
डुेबर वेपत्ता भएका आलमको २४ घण्टापछि मृत शरीर फेला प¥यो
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
राजविराज नगरपालिका ४ का ३६ वर्षिय मो. आलमको मृत शरीर पोखरीमा डुबेको २४ घण्टापछि मंगलबार बिहान फेला परेको छ ।
सोमबार बिहान राजविराज ३ स्थित कल्टुदास पोखरीमा नुहाउँदै गर्दा आलम अचानक डुबेर वेपत्ता भएका थिए । पति आलमसँगै पोखरीमा लुगा धुन गएकी जमिला खातुनले नुहाउँदै गर्दा पति आलम डुबेर वेपत्ता भएको भन्दै उद्धार र सहयोगका लागि स्थानिय र प्रहरीलाई गुहारेकी थिइन् ।
सोमबार बिहानदेखी साँझसम्म उनलाई निकै खोजतला गर्दा पनि प्रहरीले फेला पार्न सकेको थिएन् । खबर पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर टोली पानी भित्र छिरेर लगातार ८ घण्टासम्म खोजी कार्य गरेका थिए । सो क्रममा टोलीले माछा मार्ने ठूलठूला जाली समेत प्रयोग गरेका थिए । प्रहरीको उद्धार कार्य हेर्न सो पोखरी किनारमा सर्वसाधारणको ठूलो भिंड जम्मा भएको थियो ।
यता मंगलबार बिहान १० बजेतिर प्रहरीको गोताखोर टोली पुनः पुग्नु अगावै आलमको मृत शरीर पानीको सतहमा तैरिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
पोखरीबाट उनको मृत शरीर निकालेर पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पु¥याई घटना बारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ