News Category 2074/12/08
वडा नं. ३ लाई वडा स्तरिय क्रिक्रेट प्रतियोगिताको उपाधी
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
राजबिराजमा सम्पन्न वडा स्तरिय क्रिक्रेट प्रतियोगिताको उपाधी वडा नं. ३ ले हात पारेको छ ।
सप्तरी क्रिकेट संघको सहकार्य तथा राजविराज वडा नं. ५ को आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई ७८ रनको बिशाल अन्तरले पराजित गर्दै उपाधी हात परेको हो ।
वडा नं. ४ ले टस जिती पहिलो ब्याटिंगको लागि वडा नं. ३ लाई निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको वडा नं. ३ का रोहन बिकको सोचबुझ पारी तथा बिकास दासको बिस्फोटक ब्याटिंगको कारण निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ६८ रनको योगफल तयार पारेको थियो । रोहन बिकले ५७ बलमा ३ छक्का र ३ चौक्काको मद्धतले ५६ रन तथा बिकास दासले २२ बलमा २ चौक्का र ६ छक्काको मद्धतले नटआउट रहि ४९ रन बनाएका थिए भने बिवेक यादवले २५ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ४ का जुगल किशोर चौधरीले २ तथा महवुव आलम र तौसिफ हुसैनले सामान १ बिकेट लिएका थिए ।
यता १ सय ६९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ वडा नं. ३ का बौलर सामु निरिह हुदै १७ ओभर ५ बलमा आप्mना सम्पुर्ण बिकेट गुमाई ९० रनमात्र बनाउन सकेका थिए । वडा नं. ४ लाई सस्तोमा समेटन वडा नं. ३ का रोहित सिंहले ४ ओभरमा ७ रन दिई ३ बिकेट तथा अनिल यादव, बिवेक यादव र रौबिन सिंहले सामान २ बिकेट तथा बिकास दासले १ बिकेट लिएका थिए ।
ब्याटिंग तर्फ वडा नं. ४ का तर्फबाट उपेन्द्र राय र प्रशान्त केसी क्रमश ः १४ र १२ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएनन । खेलको म्यान अफ द म्याच वडा नं. ३ का रोहन बिकलाई प्रमाण पत्र तथा ट्रफी बितरण गरिएको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गरे वापत वडा नं. ३ का निरज यादवलाई प्रतिभाशाली युवा खेलाडी घोषित गरिएको थियो भने प्रतियोगिताको बेस्ट बौलर वडा नं. ३ का रौबिन सिंह, बेस्ट ब्याट्सम्यान वडा नं. ५ का मुन्ना साह तथा म्यान अफ द सेरिज वडा नं. ६ का प्रशान्त राईलाई प्रमाण पत्र तथा ट्रफी बित्तरण गरिएको थियो ।
गत फागुन २९ गते देखि संचालित प्रतियोगिताको फाईनल खेलको समापनमा बिजेता, उपबिजेता लगायत खेलाडी तथा अफिसियलहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, आयोजजक समिति वडा नं. ५ का अध्यक्ष समिर झा, वडा नं. २ का वडा अध्यक्ष अरुण यादव, वडा नं. ३ का अध्यक्ष सुर्दशन प्रसाद सिंह, वडा नं. ६ का वडा अध्यक्ष प्रेम यादव, वडा नं. ८ का वडा अध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, लायन्स क्लबका अध्यक्ष प्रेम सागर गुप्ता लगायतले ट्रफी तथा प्रमाण पत्र बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ