News Category 2074/12/09
पहिलो दिनको परीक्षामा ३ सय ८६ विद्यार्थी अनुपस्थित
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्ण रूपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ ।
बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रूपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।
यता सप्तरीमा भने बिहीबारको परीक्षामा ३ सय ८६ विद्यार्थी अनुपस्थित रहेको सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए ।
सो परीक्षाका लागि जिल्लाका ३६ वटै परीक्षा केन्द्रमार्फत नियमित तर्फ ८ हजार ५ सय ८४ र एक्जाम्टेड तर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ परीक्षार्थीहरुले परीक्षा दिँदैछन् ।
यसका लागि ३६ केन्द्र अध्यक्ष, ४५ सहकेन्द्र अध्यक्ष, ४ सय १ निरिक्षक, २ सय १५ कार्यालय सहायक र प्रति केन्द्रमा १५ जना सुरक्षाकर्मीसहित १ हजार २ सय ३७ जनशक्ति परिचालन हुने भएको छ ।
यस्तै मुलुकभरी परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ