News Category 2074/12/09
महोत्सव सम्पन्न, दुई करोडको कारोबार भएको दाबी
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराजमा ११ दिन सम्म चलेको २ नं. प्रदेश स्तरिय व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव विहिबार सम्पन्न भएको छ ।
सप्तरीको विकाश हाम्रो प्रतिवद्घता नाराका साथ संचालन भएको महोत्सवको प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले समापन गरेका थिए ।
प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश समृद्घ बनाउन कृषि, सिचाई, उद्योग संचालन, पर्यटन विकास लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै यस्ता महोत्सवले प्रदेश सरकारले ल्याउने योजना सफल बनाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
यता महोत्सव १ लाख भन्दा बढीले अवलोकन गरेको मुल आयोजक सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले दाबी दिए । महोत्सव अवधिभर झण्डै २ करोड रुपैयाको कारोवार भएको उनले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण आम्दानी र खर्च केहि दिन भित्रै सार्वजनिक गर्ने मुल आयोजक सप्तरी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव आयोजक मुल समितिका अध्यक्ष प्रधानको अध्यक्षतामा आयोजित समापन समारोहमा संघ वरिष्ठ उपाध्यक्ष शंकर दास, पूर्व सिचाई मन्त्री उमेश यादव, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, वरिष्ठ प्रहरी उपरिक्षक हरिभक्त प्रजापती, प्रहरी उपरिक्षक मुकेश सिंह, अनुसन्धनका एसपी देवराज लिम्बु, राजपाका सह महासचिव गजेन्द्र मण्डल लगायतले पनि बेल्दै महोत्सवले सप्तरीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ