News Category 2074/12/09
महोत्सव सम्पन्न, दुई करोडको कारोबार भएको दाबी
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराजमा ११ दिन सम्म चलेको २ नं. प्रदेश स्तरिय व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव विहिबार सम्पन्न भएको छ ।
सप्तरीको विकाश हाम्रो प्रतिवद्घता नाराका साथ संचालन भएको महोत्सवको प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले समापन गरेका थिए ।
प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश समृद्घ बनाउन कृषि, सिचाई, उद्योग संचालन, पर्यटन विकास लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै यस्ता महोत्सवले प्रदेश सरकारले ल्याउने योजना सफल बनाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
यता महोत्सव १ लाख भन्दा बढीले अवलोकन गरेको मुल आयोजक सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले दाबी दिए । महोत्सव अवधिभर झण्डै २ करोड रुपैयाको कारोवार भएको उनले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण आम्दानी र खर्च केहि दिन भित्रै सार्वजनिक गर्ने मुल आयोजक सप्तरी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव आयोजक मुल समितिका अध्यक्ष प्रधानको अध्यक्षतामा आयोजित समापन समारोहमा संघ वरिष्ठ उपाध्यक्ष शंकर दास, पूर्व सिचाई मन्त्री उमेश यादव, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, वरिष्ठ प्रहरी उपरिक्षक हरिभक्त प्रजापती, प्रहरी उपरिक्षक मुकेश सिंह, अनुसन्धनका एसपी देवराज लिम्बु, राजपाका सह महासचिव गजेन्द्र मण्डल लगायतले पनि बेल्दै महोत्सवले सप्तरीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ