News Category 2074/12/11
भन्सार छलि गरेको विभिन्न सामानहरु बरामद
राजविराज÷सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ भन्सार छली ल्याउदै र लैजादै गरेको अवस्थामा विभिन्न सामाग्रिहरु बरामद गरेको छ । सामानसँगै दुई जनालाई समेत पक्राउ गरेको छ ।
प्रहरीले तिलाठी कोईलाडी १ मा ४८ प्याकेट कबिर छाप खैनी बरामद गरेको छ । साइकलमा ल्याउँदै गरेको खैनीसँगै साईकल समेतलाई प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।
यस्तै प्रहरीले भन्सार छली ल्याउँदै गरेको कपडाहरु समेत बरामद गरेको छ । प्रहरीले जिल्लाको बलानबिहुल गाउँपालिका ४ मा ३६ थान जिन्स पाईन्ट, ३ बण्डल कुर्ता, ५ बण्डल कपडा, ब्लाउजको कपडा ३ बण्डल, पाईन्ट सर्टको कपडा, कुर्ताको कपडा ३ बण्डल, सुतिको साडी ५ थान लगायत रहेका छन् ।
यसैगरि प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लग्दै गरेको डिजल बरामद गरेको छ । जिल्लाको बोदेबरसाईन नगरपालिका ९ मा अबैध रुपमा स१त ६३९७ न.को ट्याक्टरमा लोड गरी एक हजार लिटर डिजल लादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर, डिजलसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही नगरपालिका ९ निवासी ईन्दल साह र प्रलाद कुमार यादबलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता बरामद गरिएको डिजल, ट्याक्टर र पक्राउ परेका दुबैजनालाई राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ