News Category 2074/12/12
मन्त्रीद्वयद्वारा प्रदेश निर्माणका लागि मिलेर काम गर्ने प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
नेपाल वैश्य युवा समाज सप्तरीले प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भुमि ब्यवस्था, कृषि तथा शहकारी मन्त्री शैलेन्द्र साहलाई सम्मान गरेको छ ।
राजपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका नवलकिशोर साह सप्तरीको निर्वाचन क्षेत्र नं. १ को १ वाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भई मन्त्री वनेका हुन् भने संघिय समाजवादी फोरम नेपालको राजनितिक समितिका सदस्य रहेका साह निर्वाचन क्षेत्र नं. २ को १ बाट निर्वाचित भई मन्त्री वनेका हुन् ।
समाजको पहिलो जिल्ला अधिवेशनमा सहभागि भएका मन्त्रीद्वयले समृद्ध प्रदेश निर्माणका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । दुवै मन्त्रीले वैश्य समुदायलाई जातिय उत्थानसँगै प्रदेश २ लाई समृद्ध वनाउने दिशामा संगठित भई काम गर्न आग्रह गर्दै आफुहरुले श्रोत साधन र क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
नेपाल वैश्य समाज सप्तरीका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित अधिवेशन उदघाटन समारोहमा संचार र समाजिक क्षेत्रमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । संचारतर्फ धिरेन्द्र प्रसाद साह, मनोजकुमार माझी, संजिव विक्रम साह र विरेन्द्र साहलाई तथा सामाजिक क्षेत्रतफ डोमन साह, नेत्रविक्रम साह र सुनिता साहलाई सम्मान गरिएको थियो ।
अधिवेशनले आगामी ३ वर्षका लागी नयाँ नेतृत्वको चयन गर्नुका साथै संगठनलाई कसरी विस्ता गर्ने लगायतका विषयमा समेत केन्द्रित हुने समाजका अध्यक्ष साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
- 2082/02/29 सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ