News Category 2074/12/12
अग्निपीडितलाई क्लवद्वारा राहत वितरण, सांसद चौधरीद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको खडक नगरपालिका २ दुहबीका दुई अग्निीपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लबले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ ।
दुहबीका अग्नि पीडितद्वय कपलेश्वर मंडल र भुवनेश्वर मंडलका परिवारलाई ३ थान त्रिपाल, साडी, धोती, झूल, बेडसीट, थाल, ग्लास, कराहि, डेक्ची र पन्यू बितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
ती सामाग्रिहरु पूर्व मन्त्री तथा सांसद तेजु लाल चौधरी, असई गंगा राई, वडा अध्यक्ष र ग्रामीणहरूको उपस्थितिमा वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताए ।
यसैबीच सासंद चौधरीले पीडित परिवारद्वयलाई नगद दुई दुई हजारका दरले आर्थिक सहयोग समेत गरेको क्लवका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
यसअघि शुक्रबार स्थानीय भुवनेश्वर मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले पीडितहरुको दश लाख भन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो भने आगलागिमा परेर एक दर्जन बढी चौपाया जलेका थिए ।
यसअघि सो क्लवले जिल्लाको तिरहुत गाउपालिका ५ स्थित कैलु ठाकुर तथा छिन्नमस्ता ४ लालापट्टीका रामप्रित यादवका परिवार समेतलाई राहत वितरण गरेको थियो ।
संस्थाले पीडित यादवलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्तीर डेक्ची र पन्यु वितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए ।
यसअघि पनि उक्त संस्थाले जिल्लाको विभिन्न अग्निपीडित परिवारहरुलाई राहत वितरण गर्दै आइरहेको कार्यलाई निरन्तरता दिइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ