News Category 2074/12/12
अग्निपीडितलाई क्लवद्वारा राहत वितरण, सांसद चौधरीद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको खडक नगरपालिका २ दुहबीका दुई अग्निीपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लबले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ ।
दुहबीका अग्नि पीडितद्वय कपलेश्वर मंडल र भुवनेश्वर मंडलका परिवारलाई ३ थान त्रिपाल, साडी, धोती, झूल, बेडसीट, थाल, ग्लास, कराहि, डेक्ची र पन्यू बितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
ती सामाग्रिहरु पूर्व मन्त्री तथा सांसद तेजु लाल चौधरी, असई गंगा राई, वडा अध्यक्ष र ग्रामीणहरूको उपस्थितिमा वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताए ।
यसैबीच सासंद चौधरीले पीडित परिवारद्वयलाई नगद दुई दुई हजारका दरले आर्थिक सहयोग समेत गरेको क्लवका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
यसअघि शुक्रबार स्थानीय भुवनेश्वर मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले पीडितहरुको दश लाख भन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो भने आगलागिमा परेर एक दर्जन बढी चौपाया जलेका थिए ।
यसअघि सो क्लवले जिल्लाको तिरहुत गाउपालिका ५ स्थित कैलु ठाकुर तथा छिन्नमस्ता ४ लालापट्टीका रामप्रित यादवका परिवार समेतलाई राहत वितरण गरेको थियो ।
संस्थाले पीडित यादवलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्तीर डेक्ची र पन्यु वितरण गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए ।
यसअघि पनि उक्त संस्थाले जिल्लाको विभिन्न अग्निपीडित परिवारहरुलाई राहत वितरण गर्दै आइरहेको कार्यलाई निरन्तरता दिइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ