News Category 2074/12/13
तिलाठी कोईलाडी गापा कार्यालयमा बाढी पीडितद्वारा तालावन्दी
दैनिक समाचारादता
राजविराज, १२ चैत ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका कार्यालयमा पुनः तालाबन्दी भएको छ । केही दिन अघि मात्र खुलेको गाउँपालिका कार्यालयमा पुनः सोमबार स्थानियहरुले तालाबन्दी गरेका छन् ।
आफूहरुले पाउनु पर्ने सरकारी राहतमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै गाउँपालिका ३ सकरपुराका बाढी पीडितहरुले सो तालावन्दी गरेका हुन् ।
निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले बास्तविक बाढी पीडितहरुलाई राहतबाट वञ्चित गराएको उनीहरुको आरोप छ । बाढीवाट पुर्ण रुपमा घर क्षति भएका परिवारहरुलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन रकम पठाएपछि यो विवाद सुरु भएको हो ।
यता गत वर्ष असारको दोश्रो साता तथा साउनको अन्तिम साता आएको बाढीले सकरपुरा समेत प्रभावित भएको थियो । उक्त बाढीबाट बास्तविक पीडित भएकाहरु भन्दा पनि आफ्नो आसेपासे तथा नजिकका व्यक्तिहरुलाई राहत बाडेको समेत स्थानियहले आरोप लगाएका छन् ।
उक्त राहतका लागि गाउँपालिका कार्यालयले वडा नं. ३ सकरपुराका लागि सिफारिस गरेको २ सय २६ परिवारको सुचिमा बास्तविक बाढी पीडितहरुसँग विभेद गरिएको आन्दोलनरत स्थानियहरुको आरोप छ ।
स्थानिय आमोद झाले सकरपुराकालागि सिफारिस गरिएको २ सय २६ परिवार मध्यै वडा नम्बर ३ वाट निर्वाचित वडा सदस्य रामवती खंगको परिवारलगायत १३ जनाको नाम, कार्यालय सहयोगि संजय खंगको परिवारवाट ३ जनाको नाम रहेको जानकारी दिएका छन् ।
पछिल्लो बाढीले साविकको सकरपुरा गाविसको १, २, ३ र ४ नम्बर वडा पुर्ण रुपमा डुबानमा परेको स्थानियहरुको भनाई छ । यद्यपी बाढी प्रभावित ती वडाका बासिन्दाहरु मध्यै अधिकांशको नाम राहत पाउने सुचिमा नरहेको झाले वताए ।
गाउँपालिकाबाट पठाईएका बाढी पीडितहरुको नामावली माथि आवश्यक छानविन हुनुपर्ने, अनियमितता देखिएको खण्डमा दोषि कर्मचारी तथा पदाधिकारीहरु उपर कारवाहि गरिनुपर्ने, बास्तविका पिडितहरुलाई राहत बाडिनुपर्ने, सरकारी राहतको दरुपयोग रोकिुनपर्ने जस्ता मागहरु अघि सारेका छन् । आफुहरुको माग पुरा नभए अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत आन्दोलनकारी बाढी पीडितहरुले दिएका छन् ।
यता तिलाठी कोईलाडी गाउँपालिकाको विपद कार्यक्रम हेर्ने कर्मचारी राजेश झाका अनुसार बाढीका वेला गाउँपालिका, शसस्त्र तथा नेपाल प्रहरी लगायतका निकायहरुले संयुक्त रुपमा तयार पारेको नामावलीकै आधारमा गाउँपालिकाले राहतका लागि नामहरुले सिफारिस गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ