News Category 2074/12/14
चित्रगुप्त सेवा समितिले स्वर्ण महोत्सव मनाउँदै
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
चित्रगुप्त सेवा समितिले ५० वर्ष पुगेको अवसरमा चैत १७ गते राजविराजमा स्वर्ण महोत्सव २०७४ मनाउन गइरहेको छ ।
चित्रगुप्त सेवा समितिले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाल र भारतगरी ६ सय १ जनाको महोत्सवमा सहभागिता रहने समितिका अध्यक्ष अशोक कर्णले जानकारी दिएका छन् । उनले महोत्सवको उद्घाटन प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थबाट हुने समेत जानकारी गराए ।
५० वर्ष पुरा गरेको अवसरमा “सामाजिक समरसता, जातिय स्वाभिमान ः एक्यबद्ध चित्रांशको एक पहिचान” नाराका साथ स्वर्ण महोत्सव मनाउन लागेको कुनै पनि जातिय संस्थाको यो पहिलो पटक भएको दाबी गरिएको छ ।
यस्तै अध्यक्ष कर्णले नेपालबाट ५ सय ११, भारतबाट ५५ र अन्य ३५ जना तथा राजविराज क्षेत्रबाट २ सय ५१ जनाको महोत्सवमा सहभागिता रहेको बताए । उनले सप्तरी जिल्लाको फत्तेपुर, कंचनपुर, भारदह, बरहीविरपुर, तिलाठी, बेल्ही, कठौना, खोक्सर, कचन्दाहा, ब्रहमपुर, कल्याणपुरलगायतबाट सहभागिता हुने जानकारी दिए ।
त्यस्तै झापा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, कपिलबस्तु, रुपन्देही, बाँकेबाट २ सय ५ जनाको सहभागिता रहने अध्यक्ष कर्णले बताए ।
बिं.सं. २०२४ सालदेखी भगवान श्री चित्रगुप्तको मन्दिर बनाउने सोचले राजविराज २ निवासी स्व. रमाप्रसाद दत्तद्वारा जग्गा प्राप्त भएपछि बि.सं. २०४२ सालमा मन्दिर शिलान्यास भएर यस संस्थाले मूर्त रुप पाएको जनाइएको छ । २०२४ साललाई नै संस्थाको जन्मको आधार मानेर वर्ष २०७४ लाई समितिले स्वर्ण वर्षको रुपमा मनाउने संकल्प लिएको अध्यक्ष कर्णको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ