News Category 2074/12/14
चित्रगुप्त सेवा समितिले स्वर्ण महोत्सव मनाउँदै
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
चित्रगुप्त सेवा समितिले ५० वर्ष पुगेको अवसरमा चैत १७ गते राजविराजमा स्वर्ण महोत्सव २०७४ मनाउन गइरहेको छ ।
चित्रगुप्त सेवा समितिले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाल र भारतगरी ६ सय १ जनाको महोत्सवमा सहभागिता रहने समितिका अध्यक्ष अशोक कर्णले जानकारी दिएका छन् । उनले महोत्सवको उद्घाटन प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थबाट हुने समेत जानकारी गराए ।
५० वर्ष पुरा गरेको अवसरमा “सामाजिक समरसता, जातिय स्वाभिमान ः एक्यबद्ध चित्रांशको एक पहिचान” नाराका साथ स्वर्ण महोत्सव मनाउन लागेको कुनै पनि जातिय संस्थाको यो पहिलो पटक भएको दाबी गरिएको छ ।
यस्तै अध्यक्ष कर्णले नेपालबाट ५ सय ११, भारतबाट ५५ र अन्य ३५ जना तथा राजविराज क्षेत्रबाट २ सय ५१ जनाको महोत्सवमा सहभागिता रहेको बताए । उनले सप्तरी जिल्लाको फत्तेपुर, कंचनपुर, भारदह, बरहीविरपुर, तिलाठी, बेल्ही, कठौना, खोक्सर, कचन्दाहा, ब्रहमपुर, कल्याणपुरलगायतबाट सहभागिता हुने जानकारी दिए ।
त्यस्तै झापा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, कपिलबस्तु, रुपन्देही, बाँकेबाट २ सय ५ जनाको सहभागिता रहने अध्यक्ष कर्णले बताए ।
बिं.सं. २०२४ सालदेखी भगवान श्री चित्रगुप्तको मन्दिर बनाउने सोचले राजविराज २ निवासी स्व. रमाप्रसाद दत्तद्वारा जग्गा प्राप्त भएपछि बि.सं. २०४२ सालमा मन्दिर शिलान्यास भएर यस संस्थाले मूर्त रुप पाएको जनाइएको छ । २०२४ साललाई नै संस्थाको जन्मको आधार मानेर वर्ष २०७४ लाई समितिले स्वर्ण वर्षको रुपमा मनाउने संकल्प लिएको अध्यक्ष कर्णको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ