News Category 2074/12/14
पूर्ण अपाङ्ग रामनरेशले पाए नागरिकता
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्ण अपाङ्गता भएका एक यूवकलाई मंगलबार नेपाली नागरिकता प्रदान गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो निवासी २० वर्षिय राम नरेश कुमार सदालाई जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले बंशज नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता लिनका लागि सदा बिहान १० बजे नै आफ्ना बुबा आशारामसँगै प्रशासन कार्यालय आइपुगेका थिए । नागरिकता पाइसकेपछि उनी निकै खुशी देखिएका थिए ।
यता सदाका बुबा आशारामले राम नरेश जन्मदै पूर्ण अपाङ्ग रहेको जानकारी दिँदै नेपाल सरकारबाट पूर्ण अपाङ्ग भएका व्यक्तिले पाउने सेवा सुविधाका लागि नागरिकता समेत आवश्यक परेकोले नागरिकता बनाउनु परेको बताए । राम नरेश पूर्ण अपाङ्ग रहेकोले उनी हिडडुल गर्न सक्दैनन् भने थारै थोरै मात्र बोल्ने गरेको बुबा आशारामले बताए ।
यता प्रशासकीय अधिकृत कोइरालाले मंगलबार बिहान १० बजे आशारामले छोरा रामनरेशलाई बोकेर नागरिकता लिन आएको बताउँदै कार्यालय हाताभित्रै १० मिनेटमै सबै प्रमाण हेरर नागरिकता प्रदान गरेको जानकारी दिए । यसअघि रामनरेशसँग अपाङ्गता भएको (रातो कार्ड) प्रमाणपत्र समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ