News Category 2074/12/14
पूर्ण अपाङ्ग रामनरेशले पाए नागरिकता
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्ण अपाङ्गता भएका एक यूवकलाई मंगलबार नेपाली नागरिकता प्रदान गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो निवासी २० वर्षिय राम नरेश कुमार सदालाई जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले बंशज नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता लिनका लागि सदा बिहान १० बजे नै आफ्ना बुबा आशारामसँगै प्रशासन कार्यालय आइपुगेका थिए । नागरिकता पाइसकेपछि उनी निकै खुशी देखिएका थिए ।
यता सदाका बुबा आशारामले राम नरेश जन्मदै पूर्ण अपाङ्ग रहेको जानकारी दिँदै नेपाल सरकारबाट पूर्ण अपाङ्ग भएका व्यक्तिले पाउने सेवा सुविधाका लागि नागरिकता समेत आवश्यक परेकोले नागरिकता बनाउनु परेको बताए । राम नरेश पूर्ण अपाङ्ग रहेकोले उनी हिडडुल गर्न सक्दैनन् भने थारै थोरै मात्र बोल्ने गरेको बुबा आशारामले बताए ।
यता प्रशासकीय अधिकृत कोइरालाले मंगलबार बिहान १० बजे आशारामले छोरा रामनरेशलाई बोकेर नागरिकता लिन आएको बताउँदै कार्यालय हाताभित्रै १० मिनेटमै सबै प्रमाण हेरर नागरिकता प्रदान गरेको जानकारी दिए । यसअघि रामनरेशसँग अपाङ्गता भएको (रातो कार्ड) प्रमाणपत्र समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ