News Category 2074/12/15
एकै दिन पाँच नगरपालिकासहित दुई गापा खुल्ला दिसा मुक्त एवं पूर्ण खोप युक्त घोषणा
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरी जिल्लालाई चैत महिनाभित्रै खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखे अनुसार अहिले जिल्लाको सम्पूर्ण नगरपालिका र गाउँपालिका धामधम खुला दिसा मुक्त घोषणा हुँदैछ ।
बुधबार मात्रै जिल्लाको १८ स्थानिय तह मध्ये ५ नगरपालिकासहित दुई गाउँपालिका तथा एक गाउँपालिकाको दुई वडालाई खुला दिसा मुक्त एवं पूर्ण खोप युक्त घोषणा गरिएको छ ।
राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका र खडक नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र बलान विहुल गाउँपालिकाको दुई वटा वडालाई खुला दिसा मुक्त घोषणा गरिएको छ ।
यता राजविराज नगरपालिकाको प्राङ्गणमा बुधबार सम्पन्न घोषणा कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले चार किल्ला पढ्दै नगरपालिकालाई खुला दिसा मुक्त घोषणा गरेका छन् ।
सो अवसरमा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी प्रमुख मुकेश सिंह, खोनेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादव, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सोही घोषणा कार्यक्रममा खुला दिसा मुक्त अभियानमा भूमिका निर्वाह गरेको भन्दै जिल्लाका एक दर्जन बढी संचारकर्मी लगायत अन्य क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गरिएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको सहकार्यमा राजविराज नगरपालिका १ देखी ८ (साविकको १० वटै वडा) मा चर्पी बनाउन बाँकी रहेका घरधुरीमा विभिन्न कठिनाईका साथ चर्पी निर्माण गर्न सफल भएको छ ।
यसैगरि जिल्लाको हनुमानगर कंकालिनी नगरपालिकालाई जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष जोगेन्द्र भगतले खुला दिखा मुक्त घोषणा गरेका भने डाक्नेश्वरी नगरपालिकालाई प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले, बोदेबसाईन नगरपालिकालाई राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले तथा खडक नगरपालिकालाई प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले खुला दिसा मुक्त घोषणा गरे ।
त्यस्तै विष्णुपुर गाउँपालिकालाई प्रदेश सभा सदस्य मो. समिम तथा तिलाठी कोइलाडी गाउँपालिकालाई जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवले खुला दिसा मुक्त घोषण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ