News Category 2074/12/15
सहकारी संस्थाहरुलाई कृषि क्षेत्रमै अधिकांश लगानी गर्न सुझाव
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश नं. २ कृषि क्षेत्रमै निर्भर रहेकोले यस क्षेत्रको विकासका लागि कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधबार राजविराजमा आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री साहले मुलुकको संघीयता प्रदेश नं. २ मै निर्भर रहेकोले यस प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकार हरसम्भव कटिबद्ध रहने उल्लेख गरे ।
उनले प्रदेश २ मा रहेका सहकारी संस्थाहरुलाई समेत व्यवस्थित गरि सहकारी संस्थाहरुलाई कृषि क्षेत्रमै अधिकांश लगानी गर्न सुझाव समेत दिएका छन् । मन्त्री साहले अब निर्माण हुने प्रदेश सहकारी ऐन सहकारी संस्थाहरुको हकहितमै रहेर निर्माण हुने प्रतिबद्धता समेत व्यक्त गरे ।
यता आयोजित अन्तरक्रियामा वक्ताहरुले सहकारी संस्थाहरुले न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले हाल सहकारी संस्थाहरुले सहकारी ऐन विपरीत कृषि भन्दा बाहिर रहेर अन्य क्षेत्रमा लगानी गरिरहेकोप्रति मन्त्री साहलाई ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सहकारी बैंक राजविराजका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित अन्तरक्रियामा राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयका संचालक ज्ञान बहादुर तामाङ, तालिम प्रमुख रामबाबु आचार्य, राजविराज नगरपालिका प्रमुख शम्ुभ प्रसाद यादव, बैंकका राजविराज शाखा प्रमुख विप्लव कर्ण, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
यस्तै अन्तरक्रियामा विभिन्न सहकारी संस्थाहरुका तर्फबाट गजेन्द्र कुमार मण्डल, सुनिल कुमार झा, विद्यानन्द चौधरी, मनाई महतो, शिवनारायण साह, सुगम्बर यादव लगायतले सहकारी संस्थाहरुको उत्थान, विकास बारे आ–आफ्नो सुझाव दिएका थिए ।
यसैबीच मन्त्री साहलाई राष्ट्रिय सहकारी बैंक राजविराजका अध्यक्ष विश्वनाथ मण्डलले दोसल्ला तथा मायाको चिनो प्रदान गरेर सम्मानित समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ