News Category 2074/12/16
दुई गाउँपालिका खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा
दैनिक समाचारदाता
राजविराज १५ चैत ।
सप्तरी जिल्लालाई चैत महिनाभित्र खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तरगत १८ वटै स्थानिय तहलाई क्रमशः खुल्ला दिसा मुक्त घोषणा गरिँदै छ ।
सोही अभियानका क्रममा बिहीबार जिल्लाका दुई वटा गाउँपालिका९ख्स् तथा एक गाउँपालिकाको एउटा वडालाई खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा गरिएको छ । यो सँगै जिल्लाको १८ मध्ये १७ वटा स्थानिय तह खुला दिसा मुक्त एवं पूर्ण खोप युक्त घोषणा भएको छ । यसैबीच बिहीबार जिल्लाको तिरहुत गाउँपालिका, बेल्ही चपेना गाउँपालिका र बलान विहुल गाउँपालिका वडा नं. ५ रामनगर कोदरकट्टीलाई खुला दिसा मुक्त घोषणा गरिएको छ ।
यता तिरहुत गाउँपालिकामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले चार किल्ला प्रमाणित गर्दै गाउँपालिकालाई खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा गरे ।
आयोजित घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त बहरखेर, जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै बेल्ही चपेनालाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख लोकेन्द्र यादवले चार किल्ला प्रमाणित गर्दै गाउँपालिकालाई खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा गरे ।
यता बुधबार एकै दिन पाँच नगरपालिका र दुई गाउँपालिका तथा एक गाउँपालिकाको दुई वटा वडालाई खुला दिसा मुक्त घोषणा गरिएको थियो । जिल्लाको राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका र खडक नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र बलान विहुल गाउँपालिकाको दुई वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ