News Category 2074/12/17
पत्रकार महासंघको स्थापना दिवसमा राजविराजदेखी तिलाठीसम्मको पदयात्रा
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सप्तरीका पत्रकारहरुले राजविराज–तिलाठी सडक खण्डको १० किलोमिटर सम्म पदयात्रा गरेका छन ।
नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्वमा राजविराजदेखि सुरु गरि पदयात्रा तीलाठीस्थित भारतीय सिमावर्ती दशगजा क्षेत्रमा पुगेर समापन भएको थियो ।
महासंघको पदयात्रा तिलाठी पुगेपछि सो गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले टोलीको स्वागत गरेका थिए ।
विकासमा महत्वपुर्ण योगदान पु¥याउन सक्ने राजविराज–कुनौली सडकको गुणस्तरीय निर्माण तथा सिमावर्ती क्षेत्रमा देखिँदै आएका विभिन्न समस्याहरु माथि राज्यको ध्यानाकर्षण गर्ने उद्देश्यले पदयात्राको आयोजना गरीएको महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिए ।
सिमावर्ती क्षेत्र तिलाठीसँग जोडिएको दशगजा क्षेत्रको खाँडो नदीमा भारतीयहरुले समय–समयमा गर्ने अवरोध तथा बाँधका कारण आसपासका क्षेत्रहरु डुबानमा पर्दै आएका छन ।
यसअघि सप्तरीका पत्रकारहरुले स्थानीय समस्या तथा विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराउन यसअघि पनि २०६८ सालमा राजविराज तिलाठी र २०६७ मा राजविराज–सखडाको पदयात्रा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ