News Category 2074/12/17
पत्रकार महासंघको स्थापना दिवसमा राजविराजदेखी तिलाठीसम्मको पदयात्रा
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सप्तरीका पत्रकारहरुले राजविराज–तिलाठी सडक खण्डको १० किलोमिटर सम्म पदयात्रा गरेका छन ।
नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्वमा राजविराजदेखि सुरु गरि पदयात्रा तीलाठीस्थित भारतीय सिमावर्ती दशगजा क्षेत्रमा पुगेर समापन भएको थियो ।
महासंघको पदयात्रा तिलाठी पुगेपछि सो गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले टोलीको स्वागत गरेका थिए ।
विकासमा महत्वपुर्ण योगदान पु¥याउन सक्ने राजविराज–कुनौली सडकको गुणस्तरीय निर्माण तथा सिमावर्ती क्षेत्रमा देखिँदै आएका विभिन्न समस्याहरु माथि राज्यको ध्यानाकर्षण गर्ने उद्देश्यले पदयात्राको आयोजना गरीएको महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिए ।
सिमावर्ती क्षेत्र तिलाठीसँग जोडिएको दशगजा क्षेत्रको खाँडो नदीमा भारतीयहरुले समय–समयमा गर्ने अवरोध तथा बाँधका कारण आसपासका क्षेत्रहरु डुबानमा पर्दै आएका छन ।
यसअघि सप्तरीका पत्रकारहरुले स्थानीय समस्या तथा विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराउन यसअघि पनि २०६८ सालमा राजविराज तिलाठी र २०६७ मा राजविराज–सखडाको पदयात्रा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ