News Category 2074/12/18
बजेट बिनियोजन नगरे प्रदेशबाट जाने राजश्व रोक्ने उपेन्द्र यादवको चेतावनी
राजविराज÷संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले प्रदेश नं. २ का लागि सम्मानजनक बजेट बिनियोजन नगरे यहाँबाट जाने सबै राजश्व रोक्ने चेतावनी दिनुभएको छ ।
मुश्लिम समाज सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले प्रदेश सरकारसँग बजेट, कानुन, अधिकार समेत नरहेकोमा गरिबी, अशिक्षा, बेरोजगारी, सीमित स्वाथ्य व्यवस्था, साधन श्रोतको अभाव लगायतको समस्याका बीच अहिले केन्द्रिय सरकारले प्रदेशलाई बजेट बिनियोजन गर्न आलटाल गरिरहेको आरोप लगाउनुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष यादवले २ नं. प्रदेशलाई केन्द्रिय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम र राजपाको संयुक्त सरकार रहेको २ नं. प्रदेश मुलुकको सात प्रदेश मध्ये सबैभन्दा गरिब र विपन्न रहेको उल्लेख गर्नुभयो ।
सबैको सामान अधिकार र सम्मानका लागि आफू सदैव सक्रिय रहने बताउँदै अध्यक्ष यादवले प्रदेशको अवस्था बिगार्नेमा सरकार नै दोषि रहेकोले अब प्रदेशलाई समृद्ध बनाउन सम्पूर्ण जातजाती, धर्मका मानिस एकजुट, सांगठित, आत्मियता, सद्भाव प्रगाढ बनाउन सकेमात्र प्रदेश बलियो बन्ने धारणा राख्नुभयो । सम्पूर्ण जनताले आ–आफ्नो बच्चाहरुलाई सबैखाले शिक्षा दिन अग्रसरता देखाउन आग्रह गर्दै अध्यक्ष यादवले व्यक्ति शिक्षित भएमात्र प्रदेश सुदृढ र सम्बृद्ध हुने जिकिर गर्नुभयो ।
कार्यक्रममलाई सम्बोधन गर्दै गर्दा अध्यक्ष यादवले प्रदेश २ को नाम परिवर्तन गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दै प्रदेश २ लाई दुई नम्बरीया भनेर सम्बोधन गरी चिडाउने काम भएकोले चाडै प्रदेशको नामांकरण गर्न आग्रह गर्नुभएको हो ।
यस्तै सोही सम्मान कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा मुश्लिम समुदायको अवस्था दलित भन्दा पनि दयनिय रहेको बताउनु भएको छ । उहाँले राज्यमा गरिबी, अशिक्षा लगायतका धेरै समस्या रहेकाले अहिले प्रदेशलाई समृद्ध, सुदृढ र विकास गर्न निकै ठूलो चुनौती रहेको जिकिर गर्नुभयो ।
पहिलो पटक सप्तरी आउनुभएका मुख्यमन्त्री राउतले चुनौतीका बीचमा प्रदेशलाई समृद्ध बनाउने संकल्प लिएको बताउनुभयो । आफू मुश्लिम समुदायबाट आएको बताउँदै मुख्यमन्त्री राउतले विकासीय कार्यमा कुनै पनि जातजाती वा फरक फरक धर्म मान्ने व्यक्ति वा समाजबाट अवरोध आउनु नहुने मान्यता राखेकोले सबैले काँधमा काँध मिलाएर अगाडी बढ्नु पर्ने विचार राख्नुभयो ।
यसैगरि कार्यक्रममा कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समृद्ध प्रदेशको निर्माणका लागि सबै जातजातीको सहयोग आवश्यक रहेको भन्दै जनसंख्याको आधारमा सबैको अधिकार सुनिश्चित् गर्ने बताए ।
मुश्लिम समाज सप्तरीका अध्यक्ष अधिवक्ता मो. समिमको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा मुश्लिम समुदायका अगुवाः मो. यासिमले फोरम अध्यक्ष उपेन्द्र यादवलाई, मो. कलिम खाँले मुख्यमन्त्री लालबाबु राउतलाई तथा मुश्लिम फोरमका अध्यक्ष नुर होदाले प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहलाई दोसल्ला, टोपीलगाई सम्मान गरेका थिए ।
त्यस्तै तीन जनालाई प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थका मुख्य सचिव युसुफ अलीले नेपाली भाषामा अनुवाद गरिएको कुरान समेत प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ