News Category 2074/12/20
जातीय संस्थाहरु बिच आन्तरिक एकता बलियो बनाउने भन्दै चित्रगुप्तको स्वर्ण जयन्ती सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
चित्रगुप्त सेवा समिति सप्तरी स्थापना भएको ५० वर्ष पुगेको अवसरमा मनाइएको स्वर्ण जयन्ती वर्ष महोत्सव चार बुँदे घोषणा पत्र जारि गर्दै सफलतापूवर्क सम्पन्न भएको छ ।
देशको वर्तमान संघीय संरचना अनुरुप नेपालमा राष्ट्रिय स्तरमा एक चित्रगुप्त महासंघको स्थापना आउँदो २०७५ वर्ष भित्र गर्ने जनाउँदै सम्मेलनबाट देशभरिका जातीय संस्थाहरु बिच समन्वय गर्ने र आन्तरिक एकता बलियो बनाउने प्रयास गर्ने घोषणा समेत गरिएको छ ।
यस्तै कायस्थ समुदायसहित अन्य समुदायमा रहेको दहेज प्रथा, बालविवाह, बहुविवाह तथा अन्य कुरितीहरुलाई रोक्ने प्रयासका लागि जनचेतनामूलक कार्यक्रम अगाडी ल्याई कार्यान्वयन गरिने, कायस्थ जातीमा रहेको पारम्पारिक पञ्जिकरण प्रथालाई पुनरावलोकन गरी नयाँ अभिलेखिकरण आधुनिक प्रविधिमा आधारित भई काम गर्ने र मैथिली भाषाको संरक्षण सम्वद्र्धन गर्नका लागि विद्यालय स्तरबाटै मिथिलाक्षर (तिरहुता लिपी), कैथी लिपिको पाठ्यक्र बनाई सम्बन्धीत निकाय संग समन्वय गरी कार्यान्वयन गराउन अग्रसरता लिइने जारि घोषणा पत्रमा उल्लेख छ ।
महोत्सव सम्पन्नको अवसरमा सोमबार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष अशोक कुमार कर्णले महोत्सवले ऐतिहासिक उपलब्धी हासिल गरेको जानकारी दिए ।
उनले सम्पन्न महोत्सवमा नेपालका १५ जिल्लाका कायस्थ जातिहरुको “चित्रगुप्त” नामधारी संगठनका प्रतिनिधि र पर्यवेक्षक, भारत बिहार राज्यका २ जिल्लाका संस्थागत तथा स्थानीय जिल्लाका गरी ५ सय भन्दा अधिकको सहभागिता रहेको जानकारी दिए ।
चैत १७ गतेदखी सुरु भएको स्वर्ण जयन्तीको प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थद्वारा उद्घाटन गरिएको थियो भने महोत्सवको समापन भारतको बिहार राज्यको पटनाका “नव चेतना चित्रगुप्त परिषद” का महासचिव राजेश कुमार कण्ठको प्रमुख आतिथ्यमा आइतबार राती सम्पन्न भएको समितिका महासचिव सतिश कुमार दत्तले जनाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ