News Category 2074/12/24
अष्ट्रेलियन राजदुत वडद्वारा मोबाइल एप्सको माध्यमबाट सौर्य उर्जा सोलार पम्पकोे उद्घाटन
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
कृषि क्षेत्रमा सिंचाईको सुविधा पु¥याउने उद्देश्यका साथ कोही किसान सिंचाईको अभावमा खेती गर्नबाट बञ्चित नहुनु नपर्ने भन्दै शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित बलारदहमा सौर्य उर्जा सोलार पम्पको उद्घाटन गरिएको छ ।
अष्ट्रेलियन सरकारको सहयोगमा तथा इसीमोडको समन्वय तथा स्थानिय सबल नेपालको सहकार्यमा आयोजित सोलार पम्प उद्घाटन कार्यक्रममा उक्त सौर्य उर्जा सोलार पम्पको उद्घाटन गरिएको हो ।
अष्ट्रेलियन राजदुत पिटर बडले सोलार पम्पको मोबाइल एक्सका माध्यमले बटन अन गरेर स्थानिय कृषक मुरारी कार्कीले आफ्नो खेतमा जडान गरेको सोलार पम्पको उद्घाटन गरे । हालसम्म उच्च सूचना प्रविधि प्रयोग गरेर मोबाइल एप्सको माध्यमबाट कुनै पनि विद्युतिय उपकरणको उद्घाटन गरिएको सप्तरीमा यो नै पहिलो हो ।
इसीमोडले सोलार पम्पका लागि महिला कृषकलाई ७० प्रतिशत र पुरुष कृषकका लागि ६० प्रतिशत अनुदानमा सो सोलार पम्प उपलब्ध गराएको हो । हालसम्म सप्तरीमा २३ जना किसानले उक्त सौर्य उर्जा सोलार पम्म खेतीका लागि जडान गरेका छन् । सौर्य उर्जाका माध्यमबाट सिधैं मोटरको स्विच थिचेर पम्प संचालन गर्न सकिने सबल नेपालले जनाएको छ ।
उद्घाटन गर्दै अष्टे«लियन राजदुत पिटर बडले विगत चालिस वर्षदेखी अष्ट्रेलियन सरकारले सबैभन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा जिविकोपार्जनका लागि उद्यमीहरुलाई सहयोग गर्दै आइरहेको बताए । उनले हालसम्म १ सय ३० हजार लघु उद्यमीहरुलाई सहयोग गरिसकेको बताउँदै वर्षेणी नेपालबाट ३० हजारको हाराहारीमा स्नाकोत्तर पढाई गर्न अष्ट्रोलिया जाने गरेको समेत जानकारी दिए ।
राजदुत वडले अबको दिनमा अष्ट्रेलियन सरकारले नेपालका मझौला र ठूला उद्यमीहरुलाई सहयोग गर्ने सोच बनाएको बताउँदै पर्यटकिय र कृषि क्षेत्रमा समेत सहयोग गर्ने उल्लेख गरे ।
उनले आफ्ना हजुरबुबा पनि कृषक नै रहेकोले अबको दिनमा नेपालको कृषि क्षेत्रमा लगानी गर्ने सोच बनाएको बताउँदै प्रदेश सरकारसँग समन्वय गरेर सो क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा एनएमबी बैंकका सिइओ सुनिल क्षेत्रीले बैंक कृषी क्षेत्रमा लगानी गर्न तत्पर रहेको बताउँदै चाडै नै सप्तरी जिल्लाको विभिन्न स्थानिय तहमा एनएमबी बैंको शाखाहरु बिस्तार हुन लागेको जानकारी समेत दिए । बैंककै सहयोगमा १ सय ३५ कृषकलाई ११ जातजातीका तरकारीको बिऊ समेत वितरण गरिएको छ ।
यस्तै सोही कार्यक्रममा इसीमोडका निर्देशक बसन्त श्रेष्ठले कृषि क्षेत्रमा योगदान पु¥याउने उद्देश्य र कृषकहरु बढी भन्दा बढी कसरी लाभान्वित हुने लक्ष्य रहेको जानकारी दिए ।
सप्तकोशी नगरपालिका प्रमुख उत्तम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा सिंचाई विभागका कार्यकारी निर्देशक चुर्ण ओलीले चुरे क्षेत्रको संरक्षण भएमात्र भूमिगत सिंचाई अवस्था सुदृढ हुने बताए । उनले आउँदो दिनमा तीनै तहमा सिंचाईको व्यावस्थालाई सुदृढिकरण गर्नै जानकारी समेत दिए ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष बद्री नारायण चौधरी लगायतले सौर्य उर्जा सोलार पम्पले किसानहरुलाई कृषि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ