News Category 2074/12/27
आगलागिमा ३० लाख बराबरको क्षति, ट्याक्टर र फर्निचर उद्योग पूर्णरुपमा नष्ट
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा आइतबार राती र सोमबार बिहान भएको आगलागिमा एक ट्रयाक्टर र फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ । सो आगलागिमा ३० लाख बराबरको क्षति भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका १ मा सोमबार बिहान आगलागी हुँदा एउटा ट्रयाक्टर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
स्थानियबासी मिश्रीलाल यादवको स.१त ५७०८ नम्बरको ट्याक्टरले थ्रेसरबाट गहुँ दाउनी गर्ने क्रममा आगो सल्कदा ट्रयाक्टर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साथै उक्त आगलागिमा नजिकै रहेको एउटा फुसको गाई गोठमा समेत जलेको छ । आगलागीमा करिब १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको बलान बिहुल गाउँपालिका ३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा आइतबारराति आगलागी हुदा करिब २० लााख मुल्य बरावरको क्षति भएको छ ।
मौवहा चौकस्थित चौधरी यादवको घरमा सियाराम शर्माले संचालन गरेको फर्निचर उद्योगमा बिद्युत सर्ट भई आगलागी हुदा निजको फर्निचर उद्योगका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् । आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ्ग लगायतका समान जलेर नष्ट भएको उनले बताए ।
यस्तै सो आगलागिमा छिमेकी देब नारायण साफिको एउटा घर, जिबछ साफिको तीन वटा, लक्ष्मी साफिको दूई र चन्देश्वर यादबको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ ।
आगलागीबाट खाद्यान्न, लताकपडा, भडावर्तन, सुन, चाँदी गरगहना र नगदसहित २० लाख मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
दुबै स्थानमा भएको आगलागि स्थानियवासी, प्रहरी र राजविराजबाट गएको बरुण यन्त्रणले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ