News Category 2074/12/27
निर्धक्क रुपले मदिरा व्यापार संचालन गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नेपाल मदिरा व्यवसाय संघ सप्तरीले मदिरा व्यवसायहरुलाई प्रहरीले अनावश्यक दुःख दिइरहेको आरोप लगाएको छ ।
संघले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि आइतबार मात्रै सप्तरी प्रहरीले जिल्लाको बेल्ही चपेना गाउँपालिकाबाट मदिरा भण्डारण गरि मोटरसाइकलमा भारततर्फ लैजाने क्रममा लाखौं मुल्य बराबरको मदिरा बरामद गरेको समाचार शतप्रतिशत गलत भएको बताएको छ ।
संघका कोषाध्यक्ष गंगासागर गुप्ताले लाखौं मुल्य पर्ने ती मदिरा बेल्हीचपेना गाउँपालिका ६ स्थित शिवशक्ति ट्रेडसको गोदामबाट प्रहरीले बलजप्ति नियन्त्रणमा लिई मदिरा सेवन गरिरहेका चार जना भारतीय नागरिक, एक जना पसलका कर्मचारी र एक जना पसल संचालकका आफन्तलाई पक्राउ गरेको आरोप समेत लगाए ।
उनले यसअघि पनि प्रहरीले पटक पटक मदिरा व्यवसायीहरुलाई दुःख दिने गरेको बताउँदै अब उपरान्त निर्धक्क रुपले व्यापार संचालन गर्न अवरोध पु¥याए बाध्य भई आन्दोलनको विकल्प नरहने चेतावनी समेत दिए ।
यता सोही पत्रकार सम्मेलनमा मदिरा पसलका संचालक सन्तोष कुमार सिंहले पसलमा पहिलादेखी नै सादा पोषकका प्रहरी परिचालन गरि मदिरा सेवन गरेको र पछि पसल बन्द गर्ने बेलामा ग्राहक र कर्मचारीलाई बाहिर आउन नदिई जबरजस्ति नियन्त्रणमा लिएको आरोप लगाए । उनले ६ जनालाई नियन्त्रणमा लिएपछि गोदाममा रहेको मदिरालाई प्रहरीले एउटा गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सप्तरी पु¥याएको समेत बताए । यस्तै प्रहरीले बरामद गरेको मोटरसाइकल पनि सोही भारतीय ग्राहक र आफ्नो कर्मचारीको रहेको जानकारी दिए ।
यता भारतको बिहार सरकारले राज्यमा मदिरा बिक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाएपछि अहिले नेपाली सीमा क्षेत्रमा भारतीय नागरिकहरु मदिरा सेवन गर्न आउनेको संख्या बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ