News Category 2074/12/30
बैशाख १ देखी विद्यालय भर्ना अभियान, सप्तरीका १३ हजार ४ सय ३४ बालबालिका विद्यालय बाहिर
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
२०७५ साल बैशाख १ गतेदेखी मुलुभरी विद्यालय भर्ना अभियान संचालन हुँदैछ ।
सोही सन्दर्भमा बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) ले सप्तरीमा अभियान बारे जानकारी दिएको छ ।
सो कार्यक्रममा समन्वय इकाईका प्रमुख डोलराज पाण्डेले मुलुकभरी ३ लाख भन्दा बढी बालबालिकाहरु विद्यालय बाहिर रहेको जानकारी दिएका छन् । जस अन्तरगत प्रदेश नं. २ मा १ लाख ५३ हजार ९ सय ५३ बालबालिकाहरु विद्यालय बाहिर रहेको बताए ।
विद्यालय भर्ना अभियान दुई चरणमा हुने जानकारी दिँदै प्रमुख पाण्डेले बैशाख १ देखी १४ गतेसम्म नियमित विद्यालय भर्नाको बेला बालबालिकाहरुलाई विद्यालयमै फुलमाला लगाएर स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए । त्यस्तै १५ देखी ३० सम्म भर्ना हुन बाँकी रहेका बालबालिकाहरुलाई घरदैलो कार्यक्रम गरेर विद्यालयमा भर्ना गराउने अभियान संचालन गरिने उनले जनाए ।
यस्तै प्रमुख पाण्डेले सप्तरीमा ५ वर्षदेखी १२ वर्षमूनीका १३ हजार ४ सय ३४ बालबालिकाहरु हाल विद्यालय बाहिर रहेको जानकारी दिए । यता सप्तरीमा ती संख्याको बालबालिकाहरु विद्यालय बाहिर रहेपनि १० देखी १४ वर्ष मूनीका १ हजार ७ सय ४८ जना किशोरीहरु किशोरी शिक्षामा अध्ययनरत रहेका छन् र उनीहरु बैशाखमा आधारभूत शिक्षाका लागि विद्यालयमा भर्ना हुने तयारीमा रहेको प्रमुख पाण्डेले जानकारी दिए ।
प्रमुख पाण्डेले सप्तरीमा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सबै स्थानिय तहले आफ्नो तर्फबाट सहयोग गनुपर्ने आग्रह समेत गरे । उनले विद्यालय भर्ना हुने बालबालिकाको पाठ्पुस्तकलागि जिल्लाका सम्पूर्ण स्थानिय तहमा रकम पठाइसकेको जानकारी दिदै सम्पूर्ण विद्यालयलाई स्थानिय तहबाट रकम लिएर पाठुपुस्तक खरीद गर्न आग्रह समेत गरे ।
सोही कार्यक्रममा सम्पूर्ण गैरसरकारी संस्थाहरुलाई समेत विद्यालय भर्ना अभियानमा सहयोग गर्न अपील गर्दै प्रमुख पाण्डेले सामाजिक कार्यका लागि व्यक्ति व्यक्तिसँग सहयोगको अपेक्षा राखेको बताए ।
जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमु, उपप्रमुख, कार्यकरी अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रअ, शिक्षक महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ