News Category 2075/01/01
माछा हटिया पुनः पुरानै स्थानमा लागेपछि प्रहरीद्वारा माछा जफत
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
राजविराज ७ स्थित हटिया बजार क्षेत्रमा लाग्ने माछा बजारलाई नयाँ स्थानमा स्थान्तरण गरेको एक हप्तामै पुनः माछा बजार पुरानै स्थानमा शुक्रबारदेखी लागेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
राजविराज नगरपालिकाले हटियाको पुरानो संरचना भत्काएर नयाँ संचारना बनाउने भन्दै माछा हटियालाई राजविराज ४ स्थित नगरपालिकाको खाली जग्गामा स्थान्तरण गरेको थियो । तर, माछा ब्यापारीहरुले नयाँ स्थानमा व्यापार गर्न असजिलो र ग्राहक नआएको भन्दै व्यापारमा घाटा लागेकोले पुनः पुरानै स्थानमा आएको बताएका छन् ।
यसैबीच माछा बजार लाग्ने पुरानो स्थानमा शुक्रबार बिहान माछा व्यापारीहरुले माछा बजार लगाउन सामानहरु ओसारपोसार गर्न लाग्दा प्रहरीले सो स्थानमा बजार लगाउन नमिल्ने भन्दै माछा व्यापारी र प्रहरीबीच केही क्षण तछारमछाड समेत भएको थियो । सोही क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही महिला माछा व्यापारीहरुलाई चोटपटक लागेको बताएका छन् ।
यता शुक्रबारदेखी दिउँसो पुरानो स्थानमै पुनः माछा बजार लाग्न सुरु भएपछि प्रहरीले हस्तक्षेप गर्दै व्यापारीको सबै माछा जफत गरेको छ । सो क्रममा माछा व्यापारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । श्रोतका अनुसार सोमबारदेखी राजविराज नगरपालिकाले हटियामा लाग्ने तरकारी, किराना, मनिहारी, फलफुल, कटघरा लगायतलाई हटाउने कार्य सुरु गर्ने योजना रहेको छ ।
यसअघि नगरपालिकाले हटियामा नयाँ संरचना बनाउने भन्दै सूचना गरेपश्चात् नै हटिया व्यापारीहरु चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले हटियाको मौलिकता बिगार्न नमिल्ने भन्दै स्थानिय प्रशसनदेखी प्रधानमन्त्री कार्यालय सम्म ज्ञापन पत्र समेत बुझाएका छन् ।
राजविराजको मुटुमा रहेको हटिया बजारको पुरानो संरचना भत्काउँदा हटियाको मौलिकता नष्ट हुनुका साथै साना तथा मझौला व्यवसायीहरुको बिल्लीबाठ हुने र त्यसमा आश्रित ३ हजार भन्दा बढी व्यक्ति बेरोजगार हुने उल्लेख गर्दै तत्काल त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । राजविराज नगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुले विकासको नाममा हटियाको मौलिकता नै समाप्त गर्न लागेकाले उनीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ