News Category 2075/01/03
सिरुवा र जुडसितल मनाइयो
दैनिक समाचारदाता
राजविराज, २ वैशाख ।
नयाँ वर्षसँगै आइतबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ । यसपर्वको अवसरमा सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिइएको छ ।
पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन आइतबार पानी छयापा–छयाप गरी जुड सितल मनाईएको हो । बर्षभरी शितलता प्राप्त होस भन्दै जुडसितल मनाईने गरेको पौराणिक विश्वास रहेको छ ।
जुडसितलको अवसरमा ठुलाले आफुभन्दा सानालाई टाउँकोमा पानी हालेर जीवनभरी सुखि रहने आर्शिवाद दिइने गर्ने चलन । यसैगरि सोही अवसरमा हिलो छ्यापेर सिरुवा पर्व मनाइन्छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा विभिन्न परीकारका खाना बनाई एक अर्काको घरमा खाना खाने चलन रहेको छ । सो अवसरमा एकले अर्काे तथा छिमेकी, इष्टमित्रलाई आ–आफनो घरमा ल्याएर विभिन्न परिकारको खाना खुवाउने गरिन्छ ।
यता यस दिन एक छाक खाना पकाउने परम्परा रहेको छ । बिहान खाना पकाएर सोही खाना राती पनि खाने गरिन्छ । अर्थात एक छाकका लागि मात्र चुलो बाल्ने चलन चलिआएको छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । त्यस्तै नयाँ वर्षको शुरुवातसँगै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा बैशाख १ गतेदेखी समेत एक महिनासम्म मेला लाग्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ