News Category 2075/01/04
आदिवासी जनजातीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन, माँग संबोधन नभए आन्दोलन गर्ने चेतावनी
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
नेपाल आदिबासी जनजाती महासंघ सप्तरीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुंदे बिभिन्न माँग राखी ज्ञापनपत्र बुझएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे मार्फत प्रधानमन्त्री ओलीलाई आदिबासी जनजातिको पहिचानसँग जोडिएको बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्ने लगायतका बिभिन्न माँग राखी ज्ञापनपत्र बुझाएको हो ।
नेपाल अदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिबासी जनजातिसँग आबद्ध जातिय संगठन, संबन्धन संगठन र स्थानिय तहका गरी २२ वटा संगठनका अध्यक्षहरुको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सबन्धित ठाउँमा तत्कालै पठाउने प्रतिबद्धता ब्यक्त गरे । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले आदिबासी जनजाति सहितका उत्पिडनमा परेका समुदायको पहिचानसंग जोडिएका सार्बाजानिक बिदा फिर्ता लिन सरकारसँग माँग गरे ।
यता आदिबासी जनजातिद्वारा घोषित शान्तिपुर्ण पहिलो चरणको आन्दोलनलाई बेवास्था गरिएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिए ।
महासंघद्धारा बुझाएको ज्ञापनपत्रमा राष्ट्रिय स्वारुप ग्रहण गरेका बिभिन्न समुदायको पहिचान जनित सर्बाजानिक बिदा खारेजीको निर्णय फिर्ता लिनुपर्ने, सरकार र आदिबासी जनजाति बिच भएको संझौताको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, समानुपातिक समाबेशी सिदान्तको मर्म र भाबनानालाई सहि ढङ्गले कार्यान्वयन गनुपर्ने, संबिधानको भावाना अनुरुप बिशेष, संरक्षित,र स्वायत्त क्षेत्र तुरुन्त गठन गनुपर्ने, पहिचान जनित अन्दोलनका राजबन्दीहरुलाई क्षतिपुर्ती सहित रिहाई गनुपर्ने, गाईको मासु खाएको आरोपमा जेल जिबन बिताईरहेका हरुलाई क्षतिपुर्ती सहित अबिलम्ब रिहाई गनुपर्ने लगायतका माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ