News Category 2075/01/08
त्रिविका आंगिक क्याम्पसहरुमा सरकारले हस्तक्षेप गर्नुहुँदैन् ः उपकुलपति खँनिया
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिर्थराज खँनियाले त्रिविको आंगिक क्याम्पसहरुको विषयमा सरकारले हस्तक्षेप गर्नु नहुने बताएका छन् ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको शुक्रबार उद्घाटन गर्दै उपकुलपति खँनियाले सो कुरा बताएका हुन् ।
विगतको सरकारले त्रिविका आंगिक क्याम्पसहरुलाई नवनिर्मित राजर्षि विश्वविद्यालयमा गाभ्ने निर्णय गरेको सन्दर्भमा बोल्दै उनले चाडै नै ऐन संशोधन गरेर पुनः त्रिविकै आंगिक क्याम्पसमा गाभ्ने तयारी भइरहेको जानकारी समेत दिए ।
उनले विगतका सरकारले गरेको निर्णयप्रति प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउँदा उक्त निर्णयलाई ऐन संशोधन गरेर पुनः त्रिविकै आंगिक क्याम्पसमा गाभ्ने प्रधानमन्त्रीले आश्वासन दिएको खुलासा गरे । उनले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा त्रिविले खेलेको उल्लेख्नीय भूमिकालाई मध्यनजर गर्दै यसलाई स्वतन्त्र र निष्पक्ष विश्वविद्यालयको रुपमा देश विदेशमा परिचित गराउन अझ प्रभावकारी भूमिकाको आवश्यकता रहेको औल्याए ।
यता तीन महिनादेखी महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका प्राध्यापक, कर्मचारी, आंशिक प्राध्यापकलागयतले विभिन्न चरणको आन्दोलन पश्चात् परीक्षा संचालन गर्ने सहमतिपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी जारि राखेका छन् ।
यता सोही उद्घाटन समारोहमा त्रिविका शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले त्रिविका आंगिक क्याम्पसलाई नवनिर्मित विश्वविद्यालयमा गाभ्ने निर्णयको खुलेर बिरोध गर्दै सो कदमप्रति सरकारको गलत नीति रहेको दाबी गरिन् । सरकारले त्रिविलाई कृदृष्टिले हेर्ने दृष्टिकोणमा परिवर्तन गरि त्रिविलाई कामकाज गर्न स्वतन्त्र छोड्नु पर्ने उल्लेख गरिन् ।
सो कार्यक्रममा उपकुलपति, शिक्षाध्यक्ष लगायत अन्य पदाधिकारीहरुलाई मविव क्याम्पस प्रमुख शर्वेशचन्द्र झाले दोसल्ला, अभिनन्दन पत्र र मायाको चिनोसहित सम्मानित समेत गरे ।
यस्तै सोही कार्यक्रममा सेवानिवृत क्याम्पसमा प्राध्यापकहरु त्रिपुरारी शरण, अवधकिशोर सिंह, रामखेलावन यादव लगायत समेतलाई समनित गरिएको थियो ।
सोही कार्यक्रममा क्याम्पसको खस्किदै गरेको अवस्था बारे क्याम्पसका निर्वतमान स्ववियु सभापति रामचन्द्र यादव, राजिव मिश्रा, ललितनारायण यादव लगायतले ध्यानाकर्षण गराएका थिए । यसैबीच आंशिक प्राध्यापकहरुले उपकुलपति खँनियालाई क्याम्पस राजर्षि विश्वविद्यालयमा गाभ्ने विषय बारे ज्ञापनपत्र समेत बुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ