News Category 2075/01/08
अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने स्थानिय तह कर्मचारीको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
स्थानिय तह कर्मचारी संघ नेपाल प्रादेशिक समिति प्रदेश नं. २ ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रादेशिक समितिका सचिव गंगाराम साह र सल्लाहकार समितिका संयोजक कमलेश्वर बिराजीले शुक्रबार एक विज्ञप्ति जारि गर्दै प्रवक्ता तामाङले स्थानिय तहका कर्मचारीले स्थानिय तहमा सेवा प्रवेश गर्दा तोकेको भरमा सेवा प्रवाह गरेकाले अहिले आएर निजामति कर्मचारी सरह हुँ भन्नु गलत भएको बताएको र कतिपय स्थानिय तहमा बल्लबल्ल एसएलसी उतिर्ण गरेका स्थानिय तहका कर्मचारीहरु अहिले आठौं र नवौं तहमा पुगेकोमा उनीहरुको मातहतमा लोकसेवा आयोगबाट प्रतिष्पर्धा गरेर अँएका कर्मचारीहरु रहन नसक्ने अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
त्यस्तै जारि विज्ञप्तिमा स्थानिय तहका कर्मचारी सेवा प्रवाह गर्दा दशौं र एघारौं तह हुन्छु भन्ने अपेक्षा राखेर आएको र अब उनीहरुले अहिले निजामतिको जस्तो मुख्य सचिव बन्छु भन्ने खोजेको न्याय संगत नभएको अभिव्यक्तिप्रति कर्मचारी संघ नेपालले भत्र्सना गर्दै खेद व्यक्त गरेको उल्लेख छ ।
गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने प्रवक्ता तामाङको अभिव्यक्तिले स्थानिय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई मर्माहत तुल्याइएको जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा हाल मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा सबै क्षेत्र, वर्ग, समुदाय र पेशागतसँग सम्बन्धित सबैको हक अधिकार सुनिश्चित गरी देशलाई समृद्ध बनाउने नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जनाउँदै कर्मचारी, जनप्रतिनिधिबिहीन अवस्थामा पनि विगत लामो समयसम्म कठिन परिस्थितमा पनि जनताको समिपमा रहेर चुस्तदुरुस्त रुपमा सेवा प्रवाह गरेका राष्ट्र सेवक कर्मचारीलाई राज्यले बिर्सनु हास्यपद रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा स्थानिय तह कर्मचारी संघ नेपालले पटक पटक उठाउँदै आएको जायज माँग र मुद्दाहरु उचित सम्बोधन गर्नुको साटो कर्मचारी कर्मचारीबीच विभेद गरी मनोबल घटाउने काम भइरहेकोले यस्ता गलत अभिव्यक्ति अविलम्ब फिर्ता नलिए कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ