News Category 2075/01/12
प्रदेश २ को १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट
दैनिक समाचारदाता
जनकपुर, ११ बैशाख ।
प्रदेश नं. २ सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार दिउँसो बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री विजयकुमार यादवले आगामी असार मशान्तसम्मका लागि उक्त बजेट ल्याएका हुन् । कृषि, सिचाइ, पर्यटनका साथै रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको उनले बताए ।
बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान, स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम, माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम मन्त्री यादवले घोषणा गरेका छन् ।
बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनर्स्थापना कोष स्थापना गर्ने, उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने, महिला हिंसा, बलात्कार, दाइजोप्रथा रोक्न, बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ