News Category 2075/01/12
हात्तिको आक्रमणबाट एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।
हात्ती आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो सँगै सप्तरीमा हात्तीको आक्रमणमा परी एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्केको एउटा जंगली हात्तीको आक्रमणबाट स्थानिय ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
सो आरक्ष क्षेत्रबाट आएको हात्तीले घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गर्नुका साथै घर समेत भत्काएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यसअघि कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिको आक्रमणबाट कञ्चनरुप नगरपालिका ५ पथरी टोलका ३५ वर्षीया मञ्जुदेवी र ४५ वर्षिया पत्नी दुर्गीदेवीको मृत्यु भएको थियो ।
यस्तै हात्तीको आक्रमणबाट २ महिनाको अवधिमा सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका १० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगिता यादव लगायतको समेत मृत्यु भइसकेको छ ।
जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी, कंचनरुप नगरपालिका क्षेत्रमा दिनुहु हात्ती आतंक बढेको भएपनि स्थानिय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानियबासीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ