News Category 2075/01/12
छिन्नमस्ता गापाको विकासमा अध्यक्ष मण्डलले सक्रियता बढाए
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्य नारायण मण्डल (कुरुड)ले गाउँपालिकाको विकासका लागी नयाँ योजनाका साथ आफ्नो सक्रियता बढाएका छन् ।
गाउँपालिका धार्मिक एवं पर्यटकीय दृष्टिकोणले परिचित रहिरहँदा अब आफूले सोचेको नयाँ विकासीय योजना तथा कार्यहरुलाई प्राथमिकतामा राखेर अगाडी बढाउने सोच बनाएको बताएका छन् ।
गाउँपालिका कार्यालयमा मंगलबार गाउँका स्थानिय, नव निर्वाचित जनप्रतिनिधि, बुद्घिजिवी र विभिन्न विषयमा विज्ञ लगायतबाट लामो छलफल पश्चात् तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको खाकामा छिन्नमस्ताका विभिन्न सडकको स्तोरोन्नती, सोलारबत्ती जडान, सडक किनारमा वृक्षारोपण, स्वच्छ खानेपानीको व्यवस्था, कृषि, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटकिय स्थलको विकासमा जोड दिईएको छ ।
सवै जन निर्वाचित प्रतिनिधि र कर्मचारी एक भई अगाडी बढ्न सके मात्र आप्mनो खाकाले सार्थकता पाउने र छिन्नमस्ता गाउँपालिका नमुना गाउँपालिककाको रुपमा उदय हुने अध्यक्ष कुरुडको विश्वास छ । उनले बजेट छरेर रकम सिध्याउनु भन्दा हरेक वर्ष एउटा ठोस विषयमा पुग्ने बजेट विनियोजन गर्ने र यसपल्ट सडक निर्माणलाई बढी प्राथमिकतामा राखिएको बताए ।
उनले विकास निर्माणका कामहरु टेन्डर प्रकृयाबाट सम्पन्न गराउने पक्षमा रहेको बताउँदै त्यस्ता कार्यहरु उपभोक्ता समितिमार्फत गराउँदा निकै विवाद देखिने र समयमै काम सम्पन्न हुन नसक्ने तर्क समेत दिएका छन् ।
छिन्नमस्ता गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागी विभिन्न शिर्षकमा ३१ करोड २९ लाख ८० हजारको आय व्यय विवरण केहीदिन अघि नै सार्वजनिक गरिसकेकोे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ