News Category 2075/01/12
सूचना जारि गरेको झण्डै तीन महिनामा हटिया व्यवस्थित गर्न काम सुरु
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राजविराज नगरपालिकाले वडा नं. ७ मा रहेको हटिया बजार व्यवस्थित गर्न १५ दिने सूचना जारि गरि म्याद सकिएको झण्डै तीन महिनामा बल्ल काम सुरु गरेको छ ।
नगरपालिकाले सोमबारदेखी हटियाको जग्गा अतिक्रमण गरी जथाभावी ढंगले निर्माण गरिएका झोपडी, टहरा, पसल लगायतका संरचना हटाउन सुरु गरेपछि ब्यापारीहरुले आफै सो स्थान खाली गर्न थालेका छन् ।
राजविराज नगरपालिकाले हटिया व्यवस्थित गर्ने योजना सहित गत माघ २० गते एक सूचना जारी गरी १५ दिन भित्र जथाभावी ढंगले पसल संचालन गर्दै आएका व्यापारीलाई जग्गा खाली गर्न अनुरोध गरेको थियो । तर, स्थानिय व्यापारीले नगरपालिकाको सूचना आफुहरुलाई उठिबास गर्ने किसिमको भएको भन्दै दिनहु विरोध प्रदर्शन गर्ने देखि लिएर प्रधानमन्त्री सम्मलाई ज्ञापन पत्र बुझाई खाली गर्न आलटाल गर्दै आएका थिए ।
नगरपालिकाले हटियालाई व्यवस्थित गर्ने क्रममा बन्ने नयाँ संरचनामा हटियाका पुराना व्यापारीलाई प्राथमिकता दिने र तत्काल अन्यन्त्र स्थानमा पसल संचालन गर्ने व्यवस्था मिलाई दिएपछि हटियाका व्यवसायीले आफै जग्गा खाली गर्न थालेका छन् ।
हटियाको १ विघा ११ कठा जग्गामा सघन सहरी विकास कार्यक्रम अन्तर्गत राजविराज नगरपालिकाले पाएको कुल ३५ करोड रुपैया अन्तर्गत १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न लागिएको राजविराजका प्रमुख शम्भु प्रसाद यादवले बताए ।
यता कुल ३ सय ८ वटा कोठा रहने गरी २ तल्ले भवन निर्माण कार्य ३ वर्ष भित्र तयार गरिसक्ने नगरपालिकाको योजना छ । जस अनुसार भवन निर्माण डिभिजन कार्यालय मार्फत रसुवा रोसन जे.भि. निर्माण कम्पनीसँग सम्झौता पनि भई सकेको भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रमेश थिंगले बताए ।
यसअघि नगरपालिकाले आप्mनो स्वामित्वमा रहेको हटियास्थित माछा बजारलाई पनि त्यहाबाट राजविराज ४ स्थित अर्याल टोलमा सेड निर्माण गरी सारी सकेको छ भने सोमबार तरकारी बजारलाई साविकको स्थानबाट पुरानो माछा बजारमा स्थान्तरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ