News Category 2075/01/14
खाँडो नदी नियन्त्रणका लागि भारतीय सांसदलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भारतीय भूमीमा खाँडो नदी नियन्त्रणको पहल गर्न भारतीय लोकसभाका सांसद राजेश रन्जन (पप्पु यादव) समक्ष आग्रह गरेका छन् ।
भारत बिहारको खुर्दा मधेपुरास्थित सांसद यादवको निवासमै पुगेर टास्अध्यक्ष सिंहले सो आग्रह गर्दै सप्तरी भूमीमा खाँडो नदी नियन्त्रण कार्य जारी रहेको र भारत तर्फ पनि नियन्त्रणका लागि पहल गर्न आग्रह गरे ।
खाँडो नदीमा वर्षायामका बेला आउने बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका सहित दर्जनौ बस्ती तथा भारत बिहार राज्य विभिन्न गाउँ सहरमा वर्षेनी अरर्बौ रुपियाँ बराबरको क्षती हुने गरेको छ ।
खाँडो नदीको दुबै छेउमा बाँध बाधेर बीच धारमा बहाव परिवर्तन गर्न नदीको विभिन्न स्थानमा च्यानल खन्ने कार्य प्रारम्भ गरिसकेको जानकारी दिदै अध्यक्ष सिंहले भारतीय भूमीमा पनि यसरी नै कार्य गरेर बाढीलाई बीच धारमा बहाव ल्याउन सकिएमा क्षती न्यूनीकरण हुने भन्दै यसका लागि सम्बन्धीत निकायलाई पहल गरिदिन आग्रह गरे ।
उनले नेपाली भूभागबाट धार सोझाएर भारतीय सीमासम्म पु¥याउने र भारतपट्टि पनि च्यानल सोझो भए मात्र बाढीबाट जोगिन सक्ने अन्यथा डुवान पर्न सक्ने सांसद यादवलाई जानकारी गराए ।
खाँडो नदीको बाढीबाट सप्तरी र बिहार राज्यमा हुने गरेको वर्षेनी क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्यले बुधबार अध्यक्ष सिंहको नेतृत्वमा खाँडो नियन्त्रण कार्यालयका इन्जियर कुलदिप यादव, तिलाठी कोइलाडी गाउँपालिकाका कार्यकारी अधिकृत सरोज झा, नेपाल भारत मैत्री पत्रकार महासंघका अध्यक्ष धीरेन्द्रप्रसाद साह, महासचिव शुधासु सतिस सम्मिलतको टोलीले खाँडो नदीले दुवै देशमा पु¥याउँदै आएको क्षती, डीपीआर सहित बारे जानकारी दिदै भारततर्फ नियन्त्रणका लागि परियोजनामा राख्न भारतीय सरकारलाई दबाव दिन जन अधिकार पार्टीका राष्ट्रिय संरक्षक समेत रहेका लोकसभा सांसद यादवलाई आग्रह गरेका छन् ।
सो अवसरमा लोकसभा साँसद पप्पु यादवले खाँडो नदी नियन्त्रणका लागि लोकसभामा कुरा राख्ने जानकारी दिदै उनले यसका लागि लोकसभा सञ्चालनका बेला दिल्ली आउँन टोलीलाई आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ