News Category 2075/01/14
खाँडो नदी नियन्त्रणका लागि भारतीय सांसदलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भारतीय भूमीमा खाँडो नदी नियन्त्रणको पहल गर्न भारतीय लोकसभाका सांसद राजेश रन्जन (पप्पु यादव) समक्ष आग्रह गरेका छन् ।
भारत बिहारको खुर्दा मधेपुरास्थित सांसद यादवको निवासमै पुगेर टास्अध्यक्ष सिंहले सो आग्रह गर्दै सप्तरी भूमीमा खाँडो नदी नियन्त्रण कार्य जारी रहेको र भारत तर्फ पनि नियन्त्रणका लागि पहल गर्न आग्रह गरे ।
खाँडो नदीमा वर्षायामका बेला आउने बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका सहित दर्जनौ बस्ती तथा भारत बिहार राज्य विभिन्न गाउँ सहरमा वर्षेनी अरर्बौ रुपियाँ बराबरको क्षती हुने गरेको छ ।
खाँडो नदीको दुबै छेउमा बाँध बाधेर बीच धारमा बहाव परिवर्तन गर्न नदीको विभिन्न स्थानमा च्यानल खन्ने कार्य प्रारम्भ गरिसकेको जानकारी दिदै अध्यक्ष सिंहले भारतीय भूमीमा पनि यसरी नै कार्य गरेर बाढीलाई बीच धारमा बहाव ल्याउन सकिएमा क्षती न्यूनीकरण हुने भन्दै यसका लागि सम्बन्धीत निकायलाई पहल गरिदिन आग्रह गरे ।
उनले नेपाली भूभागबाट धार सोझाएर भारतीय सीमासम्म पु¥याउने र भारतपट्टि पनि च्यानल सोझो भए मात्र बाढीबाट जोगिन सक्ने अन्यथा डुवान पर्न सक्ने सांसद यादवलाई जानकारी गराए ।
खाँडो नदीको बाढीबाट सप्तरी र बिहार राज्यमा हुने गरेको वर्षेनी क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्यले बुधबार अध्यक्ष सिंहको नेतृत्वमा खाँडो नियन्त्रण कार्यालयका इन्जियर कुलदिप यादव, तिलाठी कोइलाडी गाउँपालिकाका कार्यकारी अधिकृत सरोज झा, नेपाल भारत मैत्री पत्रकार महासंघका अध्यक्ष धीरेन्द्रप्रसाद साह, महासचिव शुधासु सतिस सम्मिलतको टोलीले खाँडो नदीले दुवै देशमा पु¥याउँदै आएको क्षती, डीपीआर सहित बारे जानकारी दिदै भारततर्फ नियन्त्रणका लागि परियोजनामा राख्न भारतीय सरकारलाई दबाव दिन जन अधिकार पार्टीका राष्ट्रिय संरक्षक समेत रहेका लोकसभा सांसद यादवलाई आग्रह गरेका छन् ।
सो अवसरमा लोकसभा साँसद पप्पु यादवले खाँडो नदी नियन्त्रणका लागि लोकसभामा कुरा राख्ने जानकारी दिदै उनले यसका लागि लोकसभा सञ्चालनका बेला दिल्ली आउँन टोलीलाई आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ