News Category 2075/01/17
जापानी संस्थाको सहयोगमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
जापानी संस्थाको सहयोगमा सप्तरी जिल्लामा निर्माण भएको भूकम्प प्रतिरोधात्मक तीन कोठे विद्यालय भवन आइतबार हस्तान्तरण गरिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालीकास्थित पब्लिक मा.वि. लौनिया तिलाठीमा जापानको “एशोसिएशन फर नेपाल साइनेप्स सेल्फ रिलायन्स सपोट इन जापान” नामक संस्थाको सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
जम्मा ३६ लाखको लागतमा क्रिएशन नेपाल समन्वयमा निर्मित उक्त भवनको सम्पूर्ण काम सकिएपछि जापानी संस्था ए.एन.एस.एस.एस.जे. का नेपाल प्रमुख मि.केईको. वडाले रिवन काटी विद्यालय हस्तान्तरण गरेका हुन् । कृषि, शिक्षा, सामुदायिक विकासको क्षेत्रमा एक दशकदेखि नेपालमा काम गर्दै आएका उक्त संस्थाले सप्तरीमा पहिलो पटक विद्यालयलाई सहयोग गरेको हो ।
फरडेज कम्पनीका मालिक रहेका वाडाले भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई भवनमा विद्यार्थीहरुलाई राम्रो संग पढ्न आग्रह गर्दै पढेपछि सामाजिक काम समेत गर्न सुझाव समेत दिए । सोही संस्थाले सप्तरीका साथै सिन्धुली र सिन्धुपालचोक समेतको विद्यालयमा यस्तै भवन विद्यालयलाई निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
यता विगत १३ वर्षदेखि नेपालको विभिन्न भागमा युवा विकास, स्वयम सेवा र वातावरणको क्षेत्रमा काम गर्दै आएका आयोजक संस्था क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले आफ्नो जिल्लामा काम गर्ने वातावरण निर्माण भएकोले अव जिल्लाको विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । उनले क्रिएशनले २०१५ को विनाशकारी भूकम्पको पश्चात पूर्नर निर्माणलाई प्राथमिक्तामा राखेपछि ए.एन.एस.एस.एस.जे.को सहयोगमा अहिले सम्म नेपालको विभिन्न जिल्लामा १० वटा भूकम्प प्रतिरोधी विद्यालय भवन, ललितपुरमा ४९ घर र १ सामुदायिक भवन सहितको एकिकृत वस्ती निर्माण गरेको अध्यक्ष मिश्रले जानकारी दिए ।
भवन निर्माणमा स्वयमसेवकको काम गरेका युवा अनुपम मिश्राले जापानका ए.एन.एस.एस.एस.जे. संस्थालाई सप्तरी जस्तो पिछडीएको क्षेत्रमा लगानी गर्न र यहाँको खस्कीदो शिक्षाको साथै सामाजिक विकासको काममा हात हाल्न सुझाव समेत दिए ।
भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, विद्यार्थीहरु, समाजका भद्रभलादमीहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ