News Category 2075/01/18
कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने
दैनिक समाचारदाता
राजविराज, १७ वैशाख ।
कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ । शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ ।
‘स्नातक तह पास गरेका शिक्षकले ११ र १२ पढाउन पाउँदैनन्’, आयोगका प्रवक्ता दामोदर आचार्यले भने, ‘११ र १२ कक्षा पढाउने शिक्षकले छुट्टै लाइसेन्स लिनुपर्छ ।’ सम्बन्धित विषयमा स्नातकोत्तर पास गरेको शिक्षकले मात्रै ११ र १२ कक्षा पढाउन पाउने उनले बताए ।
स्नातकोत्तर तह पास गरी यस अघिदेखि नै प्लस टु पढाएका शिक्षकलाई नै ११ र १२ कक्षा पढाउन आयोगले अस्थायी लाइसेन्स दिएको उनले बताए । ‘कुनै परीक्षा लिएर होइन, कार्यरत रहेकै अधारमा ११ र १२ पढाउने अनुमति पत्र दिने गरेका छौं,’ प्रवक्ता आचार्यले भने, ‘स्नातकोत्तर पास गरेका शिक्षकले मात्रै अनुमति पत्र लिन पाउँछन् ।’
११ र १२ पढाउने अनुमति पत्र जिल्लास्थित शिक्षा हेर्ने कार्यालयबाट वितरण गरिएको छ । स्नातक तह मात्रै पास गरेका तर माध्यिमक तह ९ तथा १० कक्षा पढाउँदै आएका शिक्षकले ११ र १२ मा पनि पढाउन पाउनुपर्ने माग गरेपछि आयोगले ११ र १२ पढाउन छुट्टै लाइसेन्स लिनुपर्ने नियम बनाएको हो ।
प्लस टु खारेज गर्दै सरकारले ११ र १२ कक्षालाई पनि माध्यामिक तहमा ल्याइसकेको छ । गत वर्षदेखि नै ११ र १२ पढाउन अनिवार्य लाइसेन्स चाहिने व्यवस्था गरिएको थियो ।
११ र १२ कक्षा पढाउने शिक्षकको संख्या देशभर गरी २० हजार हाराहारीमा छ। प्लस टु का लागि भन्दै जम्मा २ हजार स्थायी दरबन्दी कायम गरिएको थियो । छरसात हजार हाराहारीमा राहत शिक्षकले अहिले पनि कार्यरत छन् ।
११ र १२ पढाउने शिक्षकलाई दिएको अनुमति पत्रमा मावि तहकै अनुमति पत्र लेखिए पनि स्नातकोत्तर तह पास नगरेकोले ११ र १२ पढाउन नपाउने आयोगले जनाएको छ ।
यस्तै, आयोगले चैत २३ मा स्थगित भएको शिक्षक स्थायी परीक्षा छिट्टै गर्ने तयारी गरिरहेको जनाएको छ । विद्यार्थी र शिक्षकको अनशनपछि आयोगले परीक्षा स्थगित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ