News Category 2075/01/19
किर्ते नागरिकता प्रकरणमा पक्राउ परेकाहरुलाई आज अदालतमा उपस्थित गराइदै
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
किर्ते नागरिकता लिने भारतीय नागरिक र सो नागरिकतामा सिफारिस गर्ने पक्राउ परेका राजविराज नगरपालिका कर्मचारीलाई बुधबार सप्तरी प्रहरीले अदालतमा उपस्थिति गराउँदै छ ।
पक्राउ परेका भारतको हरियाणा राज्य हिसार जिल्ला घर भई हाल व्यापार व्यवसायको सिलसिलामा सुनसरीको दुहवी नगरपालिका बस्दै आएका सतिश अग्रवाल र राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देवलाई प्रहरीले अदालतमा उपस्थित गराउँदै छ ।
यसअघि भारतीय नागरिक अग्रवाललाई सप्तरीबाट किर्ते नागरिकता प्राप्त गरेको उजुरीको आधारमा छानबीन पश्चात् र देवलाई सो किर्ते नागरिकतामा सिफारिस गरेको आधारमा पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले बताएका छन् । यता सोही किर्ते नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको मिलोमतो भए नभएको बारे समेत अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
यस्तै प्रहरी उपरिक्षक सिंहले अनुसन्धानकै क्रममा अग्रवालले दुहबीस्थित एक विद्यालयमा आफ्नो छोराछोरीको भर्ना गराउँदा परिचयमा भारतकै ठेगाना उल्लेख समेत गरेको खुलेको बताए ।
प्रहरी उपरिक्षक सिंहका अनुसार अग्रवालले बिस २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लिएको नागरिकता हराएको भन्दै २०६४ सालमा नागरिकताको प्रतिलिपि लिएको र २०७३ सालमा पुनः नागरिकताको प्रतिलिपि लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्चार्ज रमेश बस्नेतका अनुसार अग्रवालले बिस २०७३ सालमा प्रतिलिपिका लागि गरेको आवेदनमा तत्कालिन वडा सचिवको जिम्मेवारी पाएका राजविराज नगरपालिकालिका सवइन्जिनियर देवले सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा अग्रवालले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । तर, उजुरी परेपछि खोजतलास गर्दै जाँदा अग्रवालले २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गरेको कुनै अभिलेख फेला नपरेपछि छानबिन गर्दै जाँदा दुबैलाई पक्राउ गरिएको यनले बताए ।
किर्ते नागरिकता सिफारिस गर्नेको हकमा ६ महिनादेखी ३ वर्षसम्म कैद वा २५ हजारदेखी ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ भने किर्ते गरि नागरिकता लिनेको हकमा एक वर्षदेखी ५ वर्षसम्म कैद वा २० हजारदेखी १ लाख सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ