News Category 2070/09/07
कुनौली बा“ध र राजविराज विमानस्थलको अवलोकन पश्चात सभासद् यादवद्वारा सञ्चारकर्मीस“ग अन्तरक्रिया
राजविराज÷एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश यादवले शनिवार सप्तरीको रम्पुरा मल्हनियाँ गाविसस्थित कोशी नदीको पलारमा सञ्चारकर्मीहरुसँग जिल्लाको बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।
सप्तरीका सञ्चारकर्मीहरुसँगै भारतीय पक्षबाट सप्तरीको तिलाठी गाविसमा निर्माण भएको तटबन्ध र बन्द रहेको सप्तरीको इटहरी बिष्णपुरस्थित गजेन्द्र नारायण सिंह बिमानस्थलको स्थलगत अवलोकन गर्नुभएका सभासद् यादवले अवलोकन गरेपश्चात कोशी पलारमा पुगेर सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।
अन्तरक्रियामा बोल्नुहुँदै सभासद् यादवले आफुले जिल्लाको बिकासका लागि शुरु गरेको‘‘ द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियानलाई सार्थक तुल्याउन सञ्चारकर्मीहरुसँगै स्थलगत अवलोकन र अन्तरक्रिया गर्न लागेको बताउनुभयो ।
जिल्लामा विकासका प्रयाप्त सम्भावना हुदाँ हुँदै पनि राज्यको बक्रदृष्टि र स्थानिय जनताको उदासिनताका कारण बिकास निर्माणले गति लिन नसकेको बताउनुहुँदै सभासद् यादवले जिल्लाको समग्र विकासलाई अघि बढाउन आफुले शुरु गरेको अभियानमा सहयोग गर्न सञ्चारकर्मीहरुसँग आग्रह समेत गर्नुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, बरिष्ठ पत्रकारहरु अनिल कुमार अनल, शिबहरि प्रसाद भट्टराई, बैधनाथ झा, पत्रकारहरु जितेन्द्र खड्गा, देवराम यादव, श्रवण कुमार देव, चन्दन यादव, बिनय कुमार लाल कर्ण लगायतले बन्द रहेको बिमानस्थल, राजविराज–कुनौली सडक खण्ड ग्राभेल र राजविराजस्थित गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्र सञ्चालन लगायतका काममा पहल अघि बढाउन सभासद् यादवसँग आग्रह गर्दै जिल्लाको विकास निर्माणमा सञ्चारकर्मीहरुले सहयोगीको भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । खाँडो, जिता र त्रियुगा खोला मिलेर बग्ने उक्त नदीको मुहानै थुन्ने गरि भारतीय पक्षले बाँध बनाएपछि सप्तरीको तिलाठी, सकरपुरा, लौनियाँ, कोइलाडी, तोपा लगायतका गाविस बर्षायाममा डुबानमा पर्दै आएका छन् ।
यसअघि शनिवारै भारतीय पक्षद्वारा नदीको मुहानै थुन्ने गरी निर्माण गरिएको बाँधको स्थलगत अवलोकन गर्न पुगेको सभासद् र सञ्चारकर्मीहरुसँग स्थायिनहरुले आफुहरु बर्षेनी डुबानको समस्या भोग्दै आएपनि सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन् ।
बिगतमा दक्षिण र उत्तर तर्फ बग्दै आएको नदीको मुहानमै भारतीय पक्षले बाँध निर्माण गरि नदीको मुहान पुर्व पश्चिम फर्काउन खोजेपनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै आफुहरुको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
यस्तै शनिवारै सभासद् यादव र सञ्चारकर्मीहरुको टोलीले लामो समयदेखि बन्द रहेको सप्तरीको इटहरी बिष्णुपुर गाविसस्थित गजेन्द्र नारायण सिंह बिमानस्थलको समेत स्थलगत अवलोकन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ