News Category 2070/09/09
गाविस सचिवले कामै नगरी रकम झ्वाम्म पारेको खड्गपुरबासीको आरोप
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
सप्तरीको खड्गपुर गाविसका सचिव मो. अहमद हुसेनले कामै नगरी लाखौ रुपैयाँ भ्mवाम्म पारेको स्थानियबासीहरुले आरोप लगाएका छन् ।
आर्थिक बर्ष २०६९÷०७० को बजेटमा सो गाविसको मन्दीरदेखि निमाविसम्म करिब ५ सय मिटर बाटो ग्राभेल गर्न छुट्टयाइएको २ लाख ७५ हजार रकम कामै नगरी अनियमितता गरेको स्थानियहरुको आरोप छ ।
त्यस्तै खड्गपुर गाविस–२ मा बिजुलीबत्तीका लागि ३ लाख रकम छुट्टयाए तापनि हालसम्म एउटा पोल गाडीएको छैन् । १० वटा बिजुलीको पोल र ट्रान्सफर्मरका लागि उक्त रकम छुट्टयाइएको उपभोक्त समितिका अध्यक्ष बिजुली रामले जानकारी दिनुभयो ।
रामका अनुसार सो स्थानमा बिजुलीबत्ती जडान भए ४० देखि ५० घरपरिवार लाभाम्वित हुनेछ । तर गाविस सचिव हुसेनलाई सो सम्बन्धमा पटक पटक ताकेदा गर्दा रकम फ्रिज भएको बताउँदै आएको रामको कथन छ । यस्तै सामुदायिक भवनका लागि २०६९÷०७० मा छुट्टयाइएको २२ हजार रकम समेत सचिवले निकासा नगर्दा भवन अधुरै रहेको उपभोक्ता समिति अध्यक्ष रामउमेश दासले जानकारी दिनुभयो ।
सो भवनका लागि आर्थिक बर्ष २०६८÷०६९ मा ३३ हजार निकासा भएपछि पिलर र छाना मात्र निर्माण हुन सकेको दासको भनाई छ ।
यस्तै खड्गपुर गाविस–३ स्थित निमाविमा शौचालय पुर्ननिर्माणका लागि छुट्टयाइएको ४५ हजार रकममा मात्र १० हजार रकम निकासा भएको सो बिद्यालयका प्रअ बृजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
रकम आभावका कारण शौचालय अधुरै रहेको र शौचालयको आभावमा बिद्यार्थीहरुलाई समस्यामा हुँदै आएको प्रअ यादवको कथन छ ।
गाविसको बिकासका लागि छुट्टयाइएको रकम निकास बारे पटक पटक ताकेदा गर्दा रकम निकास गरि बिकास निर्माणका काम अघि बढाउने आश्वासन गाविस सचिव अहमदबाट पाउँदै आएको बताउँदै स्थानिय रञ्जित यादवले अबिलम्ब बिकास निर्माणका काम शुरु नभए गाविस सचिव बिरुद्ध संघर्ष गर्ने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ