News Category 2070/03/04
दलित परिवारलाई बाख्रा वितरण
दैनिक संवाददाता
राजविराज, ३ असार ।
आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बिषहिरया गाविसका दलित परिवारका महिलाहरुलाई ९ थान बाख्रा वितरण गरिएको छ ।
जिल्ला विकास समिति सप्तरीको सहयोगमा एकीकृत ग्रामीण विकास तथा पुर्नसंरचना अभियान सप्तरीले सोमबार एक कार्यक्रमको आयोजना गरी दलित परिवारका ९ जना महिलालाई सो बाख्रा वितरण गरेको हो ।
विषहरीया गाविस वडा नम्बर ९ निवासी कोशिला सदा, जिरिया सदा, भोली सदा, ममता देवी सदा, भुटिया देवी सदा, द्रौपती सदा, सुमित्रा देवी सदा, समतोलिया सदा र राजविराज नपा ८ की सिमा भगतलाई बाख्रा हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खडकाले अनुदान दिएको बाख्रीबाट जिवन स्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।
जिल्ला महिला समन्वय समिति उपाध्यक्ष पार्वती चौधरीले दलित परिवारकी महिलाहरुलाई बाख्री हस्तान्तरण गर्दै अनुदानमा पाएको बाख्रीको स्याहार सुसार गरी यसबाट बर्षेनी राम्रो आम्दानी हुने विश्वास व्यक्त गरिन् ।
ग्रामीण विकास तथा पुर्न संचरना अभियान सप्तरीका अध्यक्ष विनोद कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओविसीका जिल्ला उपाध्यक्ष भागवत यादव, भोरुकवा एफएमका विनय कर्ण, पत्रकार महेन्द्र मण्डल वनवारीले बाख्री पालन गरेर जिवन स्तर सुधार्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ