News Category 2070/03/04
दलित परिवारलाई बाख्रा वितरण
दैनिक संवाददाता
राजविराज, ३ असार ।
आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बिषहिरया गाविसका दलित परिवारका महिलाहरुलाई ९ थान बाख्रा वितरण गरिएको छ ।
जिल्ला विकास समिति सप्तरीको सहयोगमा एकीकृत ग्रामीण विकास तथा पुर्नसंरचना अभियान सप्तरीले सोमबार एक कार्यक्रमको आयोजना गरी दलित परिवारका ९ जना महिलालाई सो बाख्रा वितरण गरेको हो ।
विषहरीया गाविस वडा नम्बर ९ निवासी कोशिला सदा, जिरिया सदा, भोली सदा, ममता देवी सदा, भुटिया देवी सदा, द्रौपती सदा, सुमित्रा देवी सदा, समतोलिया सदा र राजविराज नपा ८ की सिमा भगतलाई बाख्रा हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खडकाले अनुदान दिएको बाख्रीबाट जिवन स्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।
जिल्ला महिला समन्वय समिति उपाध्यक्ष पार्वती चौधरीले दलित परिवारकी महिलाहरुलाई बाख्री हस्तान्तरण गर्दै अनुदानमा पाएको बाख्रीको स्याहार सुसार गरी यसबाट बर्षेनी राम्रो आम्दानी हुने विश्वास व्यक्त गरिन् ।
ग्रामीण विकास तथा पुर्न संचरना अभियान सप्तरीका अध्यक्ष विनोद कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओविसीका जिल्ला उपाध्यक्ष भागवत यादव, भोरुकवा एफएमका विनय कर्ण, पत्रकार महेन्द्र मण्डल वनवारीले बाख्री पालन गरेर जिवन स्तर सुधार्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ