News Category 2075/02/31
ससुराली आएका यूवकको ससुरा र श्रीमतीको कुटाईबाट मृत्यु, पत्नि, ससुरा र सालो प्रहरी हिरासतमा
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
ससुराली आएका यूवकको आफ्नै श्रीमती र ससुराको कुटाइबाट मृत्यु भएको छ । राजविराज ९ मलेठस्थित सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ९ निवासी ३० वर्षीय जितेन्द्र मण्डलको मृत्यु भएको हो ।
हत्याको आरोपमा प्रहरीले मृतकका कान्छि श्रीमती अन्जना साह र ससुरा रामदयाल साह सहित तीन जनालाई बुधवार विहान पक्राउ गरेको छ ।
स्थानीयका अनुसार मंगलवार राती १० बजे मदिरा सेवन गरी ससुराली पुगेका मण्डलसँग पत्नी अन्जना र ससुरा रामदयालबीच निकै विवाद चर्किएको थियो । सोही क्रममा लाठ्ठी र मुक्काले अण्डकोषमा हिर्काएका थिए । राती १०ः३० बजे तीर घर अगाडी कै सडक किनारमा बेहोश अवस्थामा फेला परेका उनलाई प्रहरीले उपचारका लागी स्थानीय गजेन्द्रनारायण सिह सगरमाथा अंचल अस्पताल पु¥याएको थियो जहा चिकित्सकले मृत घोषित गरेका थिए ।
चिकित्सकका अनुसार अण्डकोषमा गहिरो प्रहार गरिएकाले उनको मृत्यु भएको प्राम्भीक कारण देखाएको छ । पक्राउ परेकाहरुले अत्याधिक मदिरा सेवन गरेर झगडा गर्ने खोजपछि रिसमा तर्साउनलाई मात्र सामान्य कुटपिट गरेको बताएका छन् ।
“शूरुमा अत्याधिक मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको थियो”, प्रहरी उपरिक्षक मुकेश सिहले भने, “तर चिकित्सकले अण्डकोषमा गहिरो प्रहारबाट मृत्यु भएको देखिएको बताएपछि अनुसन्धानका लागी मृतक मण्डलका ससुरा, पत्नि र सालोलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ