News Category 2075/02/31
छुट्टछुट्टै दुर्घटनामा ट्रक चालकसहित दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
सप्तरीस्थित पूर्व पश्चिम राजमार्गमा बुधबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक ट्रक चालकसहित दुईको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका १ मा बुधबार बिहान ट्रक पल्टिदा चालकको मृत्यु भएको हो ।
सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार १ निवासी २८ बर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफै अनियन्त्रित भई र्दुघटना हुदा ट्रक चालक श्रेष्ठको घटना स्थलमै मृत्यु भएको थियो ।
यता दुर्घटनमा परेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बुधबार बिहानै सप्तरीको खडक नगरपालिका ६ स्थित राजमार्गमा एक यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
काकडभिट्टाबाट बिरगन्जतर्फ जाँदै गरेको मे१ख २२८२ नम्बरको यात्रु बाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स६प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बसकोे ठक्करबाट मोटरसाइकलमा सवार जिल्लाको रुपनी गाउँपालिका ३ बस्ने धमेन्द्र साहको मृत्यु भएको हो । यस्तै सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका ३ बस्ने बैजनाथ साह गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइते भएका दुबैलाई उपचारका लागि राहु स्मारक अस्पताल लहान पठाउँदा उपचारकै क्रममा धमेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता अर्का गम्भिर घाइते बैजनाथलाई थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको प्रहरीले जनाउँदै बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा राखेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ