News Category 2075/03/02
गर्भवती महिलाको हत्या गरि शव ट्वाइलेटको रिङ्गले छोपिएको अवस्थामा फेला
दैनिक समाचारदाता
राजविराज, १ असार ।
राजविराज नगरपालिका १५ मा एक जना गर्भवती महिलाको हत्या गरि फ्यालिएको अवस्थामा शव फेला परेको छ । गर्भवती महिलाको ४÷५ दिनअघि नै हत्या भएको प्रहरीको अनुमान छ ।
राजविराज नगरपालिका १५ मुसहर्नियाकी १७ वर्षीया वेचनीकुमारी साहको शव ट्वाइलेटको रिङ्गले छोपिएको अवस्थामा शुक्रबार फेला परेको प्रहरी नायव उपरिक्षक भोवेश रिमालले जानकारी दिएका छन् ।
शव कुहिएर टोलभरी दुर्गन्ध फैलिएपछि घटना बारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परिक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।
यता मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर वेपत्ता भएका छन । घटना बारे थप अनुसन्धान भईसकेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । यसैबीच पतिले नै हत्या गरेको मृतक बेचनीका माईती पक्षले आरोप लगाएका छन ।
यसअघि दुई दिन अघि मात्र राजविराज नगरपालिका ९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा र श्रीमतिले कुटपिट गरि हत्या गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ