News Category 2075/03/03
ज्यान मार्ने उद्योगमा वडा अध्यक्ष पक्राउ
राजविराज÷सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ३ का अध्यक्ष भोगानन्द महात्मान यादवलाई ज्यान मार्ने उद्योगमा प्रहरीले शुक्रबार राती पक्राउ गरेको छ ।
जिल्ला अदालत सप्तरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गर्दै २०७४ साल फागुन ११ गते यादवको नाउँमा ७० दिने म्याद पुर्जी जारि गरेको आधारमा पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
बि.स. २०५४ साल फागुन २ गते स्थानिय ननु ठाकुर हजामले दिएको जाहेरीको आधारमा अदालतले गरेको उक्त फैसला गरेको प्रहरी उपरिक्षक सिंहले बताए ।
अदालतले जारि गरेको आदेशमा पक्राउ पुर्जीमा म्याद गुजारे पनि अंश रोक्का गरि २ वर्ष सम्ममा पनि पक्राउ गर्न सक्ने उल्लेख छ ।
सोही आदेश बमोजिम जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय कंचनपुरलाई पत्र काटेर पक्राउ गर्न आदेश दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सिंहले बताए ।
नवनिर्वाचित वडा अध्यक्ष २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवार भई निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ