News Category 2075/03/04
प्रदेश २ सरकारलाई आभार, अन्य प्रादेशिक सरकारप्रति दुःख व्यक्त
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
मुदि मोहरम मेमोरियल ट्रष्टका अध्यक्ष हाशिम अन्सारीले प्रदेश नं. २ सरकारले ईद उल–फित्र (ईद) को सार्वजनिक विदा दिएकोमा आभार व्यक्त गर्दै अन्य प्रदेशमा विदा नदिएकोप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष अन्सारीले आइतबार एक विज्ञप्ति जारि गर्दै प्रान्त नं.२ मा मुस्लिम जनसंख्याको आधारमा करिब १२ प्रतिशत रहेकोले प्रदेश सरकार सो अवसरमा ३ गते प्रान्तमा सार्वजनिक विदा दिएको प्रति आभार व्यक्त गर्दै हिमाल र पहाडमा बसोवास गर्ने अल्पसंंख्यक मुस्लिमहरु प्रति दुख व्यक्त गर्दै सरकाको ध्यान आकर्षण समेत गराएका छन् ।
अवकास प्राप्त मा.वि. का प्रधानाध्यापक समेत रहेका अन्सारीले नेपालका संचार मिडियाहरु यहाँ मनाईने काग र कुकुर पूजा वारे दिनभरी प्रशारण गरी रहने तर, मुस्लिम समुदायका पर्वहरु जुन राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय रुपमा पनि मनाईने प्रति लापरवाही गरेको आरोप समेत लगाएका छन् ।
उनले मुस्लिम सांसदहरु पनि संसदमा आवाज उठाउँदा सरकारले ध्यान न दिंदा सांसदहरु नैतिक्ता देखाउन राजीनामा दिनु पर्ने माँग गरेका छन् ।
शिक्षा र चेतनाको विकास हुँदा आफ्नो केहि खास पर्वका दिन विदा नहुँदा सोहि दिन बच्चाहरुको शिक्षण संस्थाहरुले परीक्षा लिने, अडड अदालतमा तारेख आदि पर्न गएको मध्ये नजर तत्कालीन राजा, सरकार र त्यस पछिको सरकारले दिदै आएको सार्वजनिक विदा ईद–उल–फित्र (ईद), ईद–उल–अजहा (बक्रईद) र अन्तिम सन्देष्टा मोहम्मद (स.) को जन्मजयन्तिको सार्वजनिक विदा हालको सरकार दिन नसकेको प्रति मुस्लिम समुदाय दुःखी भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ