News Category 2075/03/05
प्रिन्सिपलको कुटाईबाट विद्यार्थी सिकिस्त
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजविराज ६ स्थित होलीक्रस इङ्गिलस वोर्डिङ्ग स्कुलका संचालक एवं प्रिन्सिपल समेत रहेका बिनोद साफिले विद्यार्थीलाई निर्घाट कुटपिट गरेका छन् ।
छिन्नमस्ता गाउँपालिका १ घर भई हाल सोहि विद्यालयको होस्टल नजिकै डेरा लिई वस्दै आएका १४ वर्षिय धर्मदेव साह प्रिन्सिपल साझिको कुटाईबाट सिकिस्त विरामी भएका हुन् ।््
उनको छाति, पिठ्यु र कम्मरमा गहिरो चोट लागेको पीडित परिवारले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
गत शनिवार दिउँसो घाईते वालकलाई उपचार गराउन विराटनगर गएका कारण दुई दिन ढिलो गरी घटना पत्रकार सम्मेलन मार्फत सोमबार सार्वजनिक गरिएको छ ।
पीडित वालकको परिवारका अनुसार स्थानीय पवि माविमा कक्षा १० मा अध्ययनरत साह शनिवार विदाका दिन डेरा नजिकै रहेको होलिक्रस वोर्डिङ्ग स्कुलको होस्टलमा रहेका साथी अमित यादवसँग प्रांगणमा झुला झुल्दै थिए । अचानक झुलाको सिक्री भाँचिएर अमित ढलेका थिए । जसकाकारण अमितको टाउकोमा सामान्य चोट लागेको थियो ।
सोहि घटनाको विषयलाई लिएर प्रिन्सिपल साफिले लाठि र लात्तीले अन्धाधुन्द प्रहार गर्दा छोरा धर्मदेव गम्भिर घाईते भएको वुवा रामआसिस साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विद्यार्थीहरु खेल्दै गर्दा भएको सामान्य दुर्घटनाको निहुँमा आवेशमा आई प्रिन्सिपल साफिले पशु जस्तो ब्यवहार देखाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा उपस्थित प्रत्यक्षदर्शीहरुले प्रिन्सिपल साफिले मानविय सम्वेदना गुमाएर वालक साहलाई पशुझै निर्घात कुटपिट गरेको आरोप लगाए ।
घटनापछि आक्रोशित भिडले होलीक्रस वोर्डिङ्ग स्कुलमा तालावन्दि समेत गरेका थिए । उक्त तालाबन्दी भने सोमबार प्रहरीले घटनाको छानविन गरी दोषिलाई कारवाही गर्ने आश्वासन दिएपछि तालावन्दि खोलाईएको स्थानिय बासी श्याम नारायण साहले बताए ।
घटनाको सत्यतथ्य छानविन गरी यथाशिघ्र प्रिन्सिपल साफि माथि कारवाही हुनुपर्ने पीडित बालकका परिवारजनले माग गरेका छन् ।
यता प्रिन्सिपल साफीले भने आफनो विद्यालयका विद्यार्थीलाई कुटपिट गरेकाले आवेशमा ४÷५ थप्पड मात्र हिर्काएको वताएका छन् । प्रहरीले घटना वारेमा सत्यतथ्य छानविन भईरहेको र अनुसन्धानपछि दोषि माथि कारवाही गरिने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ