News Category 2070/09/12
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा कुनै पनि सरकारले ध्यान नदिएको आरोप
दैनिक संवाददाता
राजविराज, ११ पुस ।
राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य रामनगिना प्रसाद सिंहले दलका नेताहरुको उदासिनताका कारण सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन नसकेको बताउनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुर र सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरीले संयुक्त रुपमा राजविराजमा बिहीबार आयोजना गरेको ‘‘मानव अधिकार संरक्षण एंव सम्बद्र्धमा हाम्रो भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै सिंहले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा कुनै पनि सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो–‘‘जुन पार्टीको सरकार बन्यो त्यो सरकारका प्रमुखले आफ्ना पार्टी नेता कार्यकर्ताको मुद्दा मात्र फिर्ता लिने काम गर्दै आयो, त्यसैले सत्य निरुपण तथा मेलमिलाप गठन गर्ने कुनै कार्यान्वयन नै भएन् ।”
राजनीतिक स्थिरता र स्थायी सरकारको आभावमा मुलुकमा मानव अधिकार उल्लंघनको घट्नामा व्यापक बृद्धि भएको जिकिर गर्नुुहँदै उहाँले राजनीतिक स्थिरता र स्थायी सरकारका लागि दलहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले समय समयमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएकाले बिगतको भन्दा मानवहरुमा सचेतना बढ्दै गएको जिकिर गर्नुभयो ।
आगामी एक बर्षभित्र दलहरुले संबिधान निर्माण गर्नेमा आफु आशाबादी रहेको उल्लेख गर्नुहुँदै उहाँले बिकासीय कामलाई संबिधानले रोक्न नसक्ने भएकाले संबिधान निर्माणसँगै बिकासको कामलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सो अन्तरक्रियामा मानवअधिकारकर्मी जंगबहादुर सिंहले वर्तमान अवस्थामा मानवअधिकारको अवस्था बारे जानकारी दिनुभयो । उहाँले प्रहरीले समयमा उजुरी नलिने, सूचना लुकाउने, समस्याबारे गम्भिर नहुने लगायतका कारणले पीडितले झन समस्या भोग्नु परेको जिकिर गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख बुद्ध नारायण सहनीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका नेता तथा पुर्व सांसद सुर्यनाथ यादव, फोरम लोकतान्त्रिकका जिल्ला सचिव भोगेन्द्र चौधरी, जिल्ला शिक्षा कार्यालय सप्तरीका निमित्त जिशिअ फाल्गुनी काफ्ले, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पत्रकार महासंघ सप्तरीका सभापति धिरेन्द्र प्रसाद साह, संचारकर्मी हेमशंकर सिंह, गैसस सप्तरीका अध्यक्ष श्यामकान्त चौधरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक खेमनारायण चौधरी, सशस्त्र प्रहरीका डिएसपी, महिला अधिकारकर्मी आभासेतु सिंह लगायतले वर्तमान परिवेशमा मानवअधिकारको अवस्थाबारे विचार प्रकट गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ